बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

  • प्रकाशित मिति : शनिबार, असार २८, २०७६



  • झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार वर्षाको विपदमा परी मुलुकभर ज्यान गुमाएकाको संख्या २६ पुगेको हो ।

    राजमार्गको पुल बगायो, यातायात ठप्प : बाढीले बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि अहिले पूर्वपश्चिम राजमार्गको आवतजावत ठप्प भएको छ ।

    जसअनुसार खोटाङ, काठमाडौं, ललितपुर र काभ्रेमा ३ र ३, मकवानपुर, धादिङ, भोजपुरमा २ र २, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा , बारा, रामेछाप, सिन्धुलीमा १ र १ जनाको मृत्यु भएको हो ।
    यसैगरी १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरूमा सिन्धुलीमा ४, भोजपुरमा २, पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, धादिङ र काठमाडौंका १ र १ जना छन् ।
    यस्तै बाढीपहिरोमा परी ११ जना घाइते भएका छन् । जसमा धादिङ र मकवानपुरका ३ र ३, काभ्रेका २, खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखाका १र १ जना घाइते छन् ।
    काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोमा फसेका १२३ जनाको उद्धार गरिएको नेपाल प्रहरी केन्द्रीय कार्यालयका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए । वर्षाबाट भएको जनधनको क्षति संकलनको क्रम जारी रहेको उनले बताए ।
    प्रदेश १ मा ९ जनाको मृत्यु
    निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढी र पहिरोमा परी ३ जना वेपता भएका छन् । तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी बिस्थापित भएका छन् । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक एक गरी ९ जनाको मृत्यु भएको छ । पाँचथर, झापा र मोरङमा एक एक जना वेपता छन् । सुनसरी र खोटाङमा एक एक जना घाइते छन् ।
    बाढी, पहिरो र डुबानका कारण प्रदेश १ भरी ४ हजार बढी विस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ । तराईका अधिकांस खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् । उता भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएका हुन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology