दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

नगर प्रमुख रोम नाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत विनियोजन विधयेक २०७६ , अर्थ बिधयेक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।

हाम्रो दमक

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोम नाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत विनियोजन विधयेक २०७६ , अर्थ बिधयेक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।


नगर उपप्रमुख अधिकारीले प्रस्तुत प्रतिवेदन , दमक ६ का वडा सदस्य तथा लेखा समितिका संयोजक लक्ष्मी प्रसाद दाहालले प्रस्तुत लेखा प्रतिवेदन र दमक ८ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक पशुपति राज गौतमले प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
नगर सभाले दमकमा बसेर सामाजिक ,राजनीतिक ,समाज,शिक्षा, आर्थिक, सेवा पत्रकारिता लगायतका क्षेत्रबाट बिशेष योगदान दिएका ८ जना ब्यक्तित्वहरुलाई नगर प्रमुख ओलीले दोसल्ला ओढाएर सम्मान गरियो । उनीहरुलाई समान पत्र सहित नगद जनही २० हजार प्रदान गरिएको थियो । ।
नगरसभाले पत्रकारिता क्षेत्रबाट दमक नगरको बिकासमा दिएको योगदानको कदर गर्दै गोर्खापत्र दैनिकका झापा प्रतिनिधि टिकाराम उप्रेतीसहित दमक २ बस्ने पूर्व प्रधानपञ्च धन बहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानध्यापक तथा शिक्षक क्षेत्रका अभियान्ता छविलाल शर्मा सिटौला र हिमालयकै पूर्व प्रधानाध्यापक बिदुर खतिवडालाई सम्मान गरेको छ । सम्भवत प्रदेश नम्वर १ मै सबैभन्दा धेरै १सय ८ पटक रक्तदान गरी सकेका दमक ६ बस्ने रक्तदाता तथा अभियन्ता राजकुमार श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरियो । नगरपालिकालाई सबै भन्दा धेरै कर तिर्ने संस्थाहरु मध्ये लाइफ लाइन अस्पताल दमक उत्कृष्ट करदाता संस्थाको रुपमा पुरस्कृत गरेको नगरपालिकाले जनाएको छ ।
दमक ६ बस्ने उत्कृष्ट करदाता गणेश कुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

दमकमा ट्राफिक ब्यवस्थापन अन्तरक्रिया

दमक | दमक नगरपालीकामा ट्राफिक ब्यवस्थापन सम्बन्धी सरोकारवलाहरु संग अन्तरक्रिया गरिएको छ । झापाको माई पश्चिम क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र समेत रहेको दमक पछिल्लो समयमा धेरै ब्यस्त रहेको छ । यस नगर क्षेत्रमा सवारी साधनको...

दमकमा एचके फूड एण्ड वार सञ्चालन

दमक,३० असार । दमकमा एचके फूड एण्ड वार सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको दमक चौंकमा करिव आधा करोडको लगानीमा उक्त फूड एण्ड वार सञ्चालनमा आएको हो । वार युवा व्यवसायी कुमार गौतमले सञ्चालनमा...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

थेगिमसहित सहित चार जना पक्राउ

दमक,२७ असार । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।दमक १ स्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको...