अझै तीन दिन धेरै ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ । खासगरी आगामी २४ घन्टा अति सजग रहन महाशाखाका मौसमविद्को आग्रह छ ।

हाम्रो दमक

झापा,२७ असार । चार दिनदेखि लगातार देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा अझै धेरै ठूलो वर्षा हुने भएका ले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार )खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ ।

लगातारको वर्षाका कारण दमक ७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी वस्ती
पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ । खासगरी आगामी २४ घन्टा अति सजग रहन महाशाखाका मौसमविद्को आग्रह छ ।
मौसमविद्का अनुसार हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भूभागमा अवस्थित छ र यो सँगै मध्य र पूर्वि भूभागमा रहेको न्यून चापीय क्षेत्रका कारण आगामी २९३ दिनसम्म मनसुन अति सक्रिय भैरहने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसम अनुमान यस्तो छ ।
असार २७ गते (शुक्रबार )
दिउसोः देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहमा अति भारी वर्षासमेत हुनेछ । देशका केही स्थानमा हावाहुरीको सम्भावनासमेत छ ।
रातिः देशभर अधिकांश बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।
असार २८ गते (शनिबार)
दिउँसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षा समेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।
रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहमा धेरै भारी वर्षा समेत हुनेछ । साथै देशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।
असार २९ गते (आइतबार )
दिउसोः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ ।
रातिल् देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा धेरै भारी वर्षासमेत हुनेछ ।
खोलाले एक युवा वेपत्ता,एक उद्दार
सुनसरीको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई विहिबार बिहान ११ बजे तिर माछा मार्ने क्रममा बाढीले बगाएको स्थानीयले बताएका छन् । वेपत्ता युवकको खोजी कार्य भईरहेको र हालसम्म नभेटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिए ।
यता मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको विहिबार दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्र्षीया सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो । खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् । घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बर्षाले जनजीवन प्रभावित
उता मोरंग विराटनगरको दक्षिणी भाग मिल्स एरियाका अधिकांश घरहरुमा पानी पसेको छ । ढल निकास नहुँदा कोशी अञ्चल अस्पताल पनि डुवानमा परेको छ । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भएको छ ।
लगातारको वर्षा र अस्पताल भित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्ष भित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसेटको माध्यामबाट पानी बाहिर निकालिएको छ । जमेको पानीलाई सशस्त्र प्रहरी र अस्पतालको सुरक्षा गार्डको सहयोगमा पम्पसेटको माध्यामबाट बाहिर निकालिएको हो । पानीको उचित निकासको अभाव र बन्दै गरेका सडक लगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ । खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।
                               सप्तकोशी नदीमा पानीको बहाव उच्च
यसैगरी अविरल वर्षाले राजविराज र सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो । कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।ब्यारेजका ३२ वटा ढोका खोलिएका छन्।

अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए। कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ । १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ । नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ । चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ । कमजोर स्परमा नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

रोटरीको सिद्धान्त र उद्देस्य अनुसार सामाजिक क्षेत्रमा क्रियासिल हुने: अध्यक्ष चापागाईं

दमक । रोटरी क्लब अफ दमकमा बर्ष २०१९/२० का अध्यक्ष सन्दीप चापागाईंले आफ्नो कार्यकालमा रोटरीको सिद्धान्त र उद्देस्य अनुसार सामाजिक क्षेत्रमा क्रियासिल हुने प्रतिवद्धता गर्नु भएको छ । आज बिहान सञ्चारकर्मिहरुसंगको कुराकानीमा नव निर्वाचित अध्यक्ष चापागाईंले...

फुलवासा खोलामा डुबेर बालकको मत्यु

बिर्तामोड, असार ३० । मेचीनगर १३ स्थित फुलवासा खोलामा डुबेर एक बच्चाको मृत्यु भएको छ । मेचीनगर १२ स्थित माता पाथिभारा टोलका गंगाराम प्रसाईको तीन वर्षिय छोरा अजित प्रसाईको मृत्यु भएको हो । आज सोमबार...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ, २९ असार । भिरबाट लडेर ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका ४ ईखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा बस्दै आएका...