प्रधानमन्त्रीको गृहनगर दमक जलमग्न

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनैपनि बेला आईपर्ने बिपद्लाई मध्यनजर गर्दै बिपद् व्यवस्थापन र उद्धारका लागि शशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको जनाएका छन् । अहिले बर्षा रोकिएपनि पहाडी क्षेत्रमा बर्षा भईरहेकाले त्यस्ता नदीहरुमा जलस्तर अझै बढ्न सक्ने कारणले सतर्क रहन प्रशासनले आम नागरिकलाई आग्रह पनि गरेको छ ।

हाम्रो दमक

दमक,२६ असार । तीन दिन यता परेको अविरल वर्षाका कारण दमकसहित पूर्वका अधिकास शहरहरु डुवानमा परेका छन् । जिल्लाको दमक,विर्तामोडसहित पूर्वका शहरहरु यसवर्ष पनि डुवानको चपेटामा परेका हुन् ।
ढुवानको चपेटा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक यस पटकपनि डुवानको समस्याबाट मुक्त हुन सकेन । नगरको मुख्य लोकमार्ग तथा आसपासका सडक तथा बस्तीहरु नै डुबानको चपेटामा पर्ने गरेका छन् । नगरका सडकहरु फराकिलो बनेका छन तर अधिकाँश सडकमा ढलको निकास नखालिदाँ डुवान हुदैआएको छ । जसले गर्दा सामान्य बर्षात हुदा पनि दमकमा डुबान हुने गरेको पाईएको छ ।

जलमग्न दमकको एक घर

बिहिबार दमक १ स्थित श्रीपाली टोलका बासिन्दा दिनभर आफ्नो घरभित्रको पानी फाल्नमै ब्यस्त देखिएका थिए । दमक १ का वाईबी थेबे निकास विनाको विकासले अहिले हामीलाई सताएको गुनासो गर्छन् । सामान्य बर्षा मात्रै हुनुपर्छ दमक जताततै जलमग्न हुने गरेको उनको भनाई छ । भित्रि बाटा मात्र हैनन् । यस नगर क्षेत्रमा पर्ने मुख्य सडकमै पनि खोलो कुद्छ अनि कतै स–साना पोखरीनै बन्छ । सडकमा पानी जमेकै कारण सडक आसपासका बासीन्दा, ब्यापारी तथा यात्रुले निक्कै सास्ती खेप्नुपरेको सोही स्थान बस्दैआएका दिपक शंकर बताँउछन् । नाला निर्माण गर्दाकै बखत त्रुटी भएका कारण त्यसैको प्रतिफल अहिले आफुहरुले पाईरहेको भन्दै उनी आक्रोश पोख्छन् ।
जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमले सडक र नाली व्यवस्थित गर्न ध्यान नदिदाँ वर्षाका समयमा डुवानको समस्या भोग्नुपरेको वताए ।सामान्य वर्षामा दमकको मुख्य सडक र वस्ती जलमग्न हुदैआएको गौतमले जिकीर गरे । आफुहरु प्रधानमन्त्रीको गृहनगरको वासिन्दा भनेर नाक फुलाएपनि डुवानको समस्याले दमकवासीलाई कहिल्यै नछोडेको उनको टिप्पणी छ ।
प्रधानमन्त्रीको हातवाट उद्घाटन गरिएको तर तीन महिना हुदाँ समेत सञ्चालनमा आउन नसकेको पशुहाट डुवानको चपेटामा पर्देआएको छ । हरेक बुधबार लाग्ने प्रदेश १ कै ठुलो भनिएको पशुहाटको हविगत वर्षाले जलमग्न हुदाँ त्यस क्षेत्रका बासिन्दाहरुले समस्या झेल्दैआएका छन् । आधुनिक पशुबजार निर्माण सम्पन्न भएको उतिका समय बितिसक्यो । तर ब्यबस्थापन गर्ने टुङगो नहुदाँ हाट लाग्दैआएको क्षेत्र हिलाम्मेसंगै डुवानको चपेटामा छ ।

दमकको अति भिडभाड र यात्रुहरुको चाप हुने स्थान पश्चिम बस स्टेण्ट ,चियादोकान, गोर्खा डिपार्टमेण्ट आसपासको क्षेत्रमा त खोलै बग्ने गर्छ जसले गर्दा यात्रु तथा नजिकैका ब्यबसायीहरुलाई सास्ती हुने गरेको छ । मुख्य लोकमार्गलाई शहरी मार्ग बनाइनु, भएका पुलपुलेसाको संरक्षण नहुनु, शहरीकरणको नाममा अतिक्रमण हुनुले पनि डुबानको समस्या निम्ताएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादब बताँउछन् ।
                         कन्काई र रतुवामा उच्च सतर्कता
निरन्तरको बर्षाले झापाका कन्काई, रतुवा, मावा, निन्दा, बिरिङ्ग लगायतका नदिहरुमा पानीको सतह बढेको छ । नदीहरुमा जलस्तर बढेसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनैपनि बेला आईपर्ने बिपद्लाई मध्यनजर गर्दै बिपद् व्यवस्थापन र उद्धारका लागि शशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको जनाएका छन् । अहिले बर्षा रोकिएपनि पहाडी क्षेत्रमा बर्षा भईरहेकाले त्यस्ता नदीहरुमा जलस्तर अझै बढ्न सक्ने कारणले सतर्क रहन प्रशासनले आम नागरिकलाई आग्रह पनि गरेको छ ।

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

दमकमा ट्राफिक ब्यवस्थापन अन्तरक्रिया

दमक | दमक नगरपालीकामा ट्राफिक ब्यवस्थापन सम्बन्धी सरोकारवलाहरु संग अन्तरक्रिया गरिएको छ । झापाको माई पश्चिम क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र समेत रहेको दमक पछिल्लो समयमा धेरै ब्यस्त रहेको छ । यस नगर क्षेत्रमा सवारी साधनको...

दमकमा एचके फूड एण्ड वार सञ्चालन

दमक,३० असार । दमकमा एचके फूड एण्ड वार सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको दमक चौंकमा करिव आधा करोडको लगानीमा उक्त फूड एण्ड वार सञ्चालनमा आएको हो । वार युवा व्यवसायी कुमार गौतमले सञ्चालनमा...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...