प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


  • झापा,२४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार देशैभरिवाट प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो ।

    तरकारी उपहारसहित ज्ञापन पत्र बुझाउदै झापा नेविसंघको टोली ।
    भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य निरज अग्रवालले जानकारी दिए ।
    यसैक्रममा नेविसंघ झापाले आजनै जिल्ला प्रशासन कार्यालयमार्फत प्रम ओलीलाई बिषाक्त तरकारी उपहार स्वरुप पठाईएको संघका जिल्ला नेता भवानी काफ्लेले बताए । ज्ञापन पत्रसहित आयातित तरकारी वुझाउन संघका जिल्ला सभापति राजेन्द्र उप्रेती,सचिव नारायण नेपाल,प्रवक्ता सञ्जय निरौला, कोषाध्यक्ष नवराज ढकाललगायतका टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
    गत आइतबार नेविसंघले मंगलबार देशभरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलन अन्तरगत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।
    आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण र असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने संघले जनाएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology