स्थानीय कार्यपालिकामा बिज्ञ समूहको आवश्यकता किन छ ?

सान नेपाल

तपाईंको विरुद्धमा कलम चलाएं होला तर मेरो एउटा मात्र आग्रह के भने यो मुलुकको राजनीतिक परिवर्तन यहाँले एक्लै गर्नुभएको अवश्य पनि होईन । पञ्चायतकालिन सत्ताधारीहरु र राजा बिरेन्द्र, ज्ञानेन्द्रलाइ सराप्दै भागेर हिड्दा तपाईंलाई ढिडो पिठो ख्वाउनेहरु अहिले पनि समाजमा जिवितै छन् र तपाईंको रवैया पूर्व शासकहरुको भन्दा फरक छैन भने तपाईंको विरुद्ध बोल्नुपर्छ कि पर्दैन ?

………………………………………………………………………………………………………….

यो मुलुक सिंगापुर जस्तो बनिसकेको छैन मात्र राजनीतिक परिवर्तन भएको छ, समाज परिवर्तन भएको छैन मात्र आशाहरु पलाएका छन् । अहिले नै सिंगापुर देख्ने बेला भएको छैन तपाईंको पछाडी एउटा भिड त छ त्यो पनि आशावादी भिड । तिनीहरु तपाईंको सलामी ठोक्न बसेको भिड सोच्नु भएको होला ।
८०० मिटर उच्चस्तरीय ग्राभ्रेल गरियो, फलानो संस्थालाई मन्दिर बनाउन यति दिइयो, सांसद बिकास कोषबाट आएको यति लाख हतार हतारमा बजेट सक्नु पर्ने गरि ठेक्कामा लगाइएको छ। यति लाखौंको बजेटले २५ जनालाई सीपमुलक तालिम दिइयो ।
उल्लेखित हरफहरु नेताकै फेसबुकवालमा हिजो आज देखिने हेडिङ हुन् । फेसबुक वा टुइटर खोल्ने बित्तिकै यस्तो लाग्छ कि मुलुक एकै रातमा सिंगापुर बनिसकेको छ । ठिक छ हामी बिकास गर्न चाहन्छौं, सबै जनताहरु बिकासका भोका छन् । घर अगाडिको सडक सुन्दर बनोस, घरमै एम्बुलेन्स आइपुगोस, धिपिक्क बिजुलि बलोस । कसको चाहना छैन ? सबै चाहन्छ्न बिकास । सबैको ओठमा हासो भरिदिन पाए हुनेथियो । तपाईं जनप्रतिनिधि भएको नाताले यसै भन्नुहुन्छ । हो तपाईले आफ्नो कार्यकाल सफल बनाउने सपना देख्नु भएको छ । जनतालाई तपाईंले धेरै आश्वासन बाढ्नुभएको छ । रात दिन खट्नु भएको छ तर पनि किन हुन सक्दैन बिकास ? किन सन्तुष्ट छैनन् तपाईका शुभचिन्तक ?
तमाम असन्तुष्टिको सकारात्मक विश्लेषण अनिवार्य रूपमा गरिनुपर्छ । आखिर हामी कहाँ नेर चुक्कियौं त ? कहाँ नेर हामीले कमजोरी गरेका छौं ? यति धेरै आलोचना किन गरिन्छ ? एक पटक पछाडी फर्किएर हेर्दा जे कुरा देखिन्छ त्यै नै हाम्रो कमजोरी हो । तपाईं खासमा जनताको भोट पाएर सत्तामा हुनुहुन्छ भनें एकपटक पछाडी मोडिएर हेर्ने प्रयास गर्नै पर्छ तपाईंले । हुन सक्छ पछाडी मोडिदा मुलुक सिंगापुर जस्तै समृद्ध भइसकेको देख्नु हुन्छ सायद । यो मुलुक सिंगापुर जस्तो बनिसकेको छैन मात्र राजनीतिक परिवर्तन भएको छ, समाज परिवर्तन भएको छैन मात्र आशाहरु पलाएका छन् । अहिले नै सिंगापुर देख्ने बेला भएको छैन तपाईंको पछाडि एउटा भिड त छ त्यो पनि आशावादी भिड । तिनीहरु तपाईंको सलामी ठोक्न बसेको भिड सोच्नु भएको होला होइन ? तर त्यसो होइन । त्यो त्यै भिड नै हो हिजो राजनीतिक परिबर्तन गर्ने अनि तपाईं लाई जनप्रतिनिधि बनाउने । आज तपाईं बजेटको झोला बोकेर त्यो भिडलाइ खुशी पार्न खोज्दै हुनुहुन्छ । तर भिड खुशी छै किन ? प्राकृतिक रूपमा हेर्दा यो मुलुकमा तीन महिना सम्म बाढी पहिरो मात्र जान्छ । त्यो बेला तपाईंले गरेको बिकासको नाम निसान मेटिन सक्छ । भिडले सोध्ने छ , कसले भन्या थियो कमसल काम गर भनेर ? जाबो एउटा बलियो पुल हाल्न नसक्ने जनप्रतिनिधि ? तपाईंले पाउनुभयो मात्र अप्जस किनभने पुल तपाईंको भिजनले बन्यो । अहिले पानीले बगाइदियो । उपभोक्तामा छायो त केवल निरासा ।
वास्तवमा त्यो भिड लाई राजनीतिक भाषा दिने हो भने जनभिड भन्दा फरक नपर्ला । रात दिन तपाईं लाई नजर अन्दाज गरिरहने जनभिड मुर्खहरुको झुण्ड मात्रै होइन होला नी ? सूक्ष्म समस्या यहाँनेर छ । सोचाइमा समस्या । अनि उनीहरुको दृस्ठिकोण तपाईं विरुद्ध नै हुने समस्या ।
यहाँ लाई लाग्छ होला त्यो भिड मेरो दलको भिड हो, मेरा शुभचिन्तक हुन् । दुइचार जना मात्र यस्ता छन् जो मेरा विरुद्ध उकेली रहन्छन । हो म स्विकार गर्छु भिड बाट केहि यस्ता आवाजहरु आउछन् जुन समाज रुपान्तरणको हितमा छन्, उनीहरुको आवाज जनहितमा छ । तर मैले स्वीकार्दैमा मात्र बिकास हुने हो र ? अवश्यै होइन किनकि बजेट तपाईंको हातमा छ । आफ्नो वरपर घुम्ने दुई चार जना ठेकेदारसँग सोधेर बिकास सम्भव छ ? वहाँहरुको त पेशा हो तपाईंले गरेको राजनीति त पेशा होइन नी ?
साझ परेपछि तपाईं घर जानुहुन्छ अनि घाँटी भरीको माला र सम्मान अर्पित खादाहरु खोल्दै मुसुक्क मुस्कान छोड्नुहुन्छ । यसले तपाईं लाई आत्मसन्तुष्टि अवस्य दिन्छ होला तर भिड खुशी हुन सकेको छैन जुन तपाईंले बुझ्नु जरुरी छ । तपाईंको स्थानीय क्याबिनेटले कुकुर नियन्त्रणमा केहि लाख छुट्याएको होला । तपाईं भन्नुहुन्छ बन्ध्याकरण को विकल्प नै छैन । मैले बिदेशीहरुले कुकुरको संरक्षण कसरी गरेका छन् भन्ने स्तम्भ लेखे । मलाई थाहा छ त्यो लेख तपाईं हामी सबैले पढ्यौं तर त्यहाँ लेखिएका कुराले उकुसमुकुस बनायो । किनकि तपाईंको गल्ती मैले देखाउ खोज्नु मेरो कमजोरी थियो सायद । मैले भन्न खोजेको कुरा अरुका कुरा पनि ठिकै हुन सक्छन् सुन्ने बानी गरेमा समाज रुपान्तरण गर्न सहज हुन्छ भन्ने मात्र हो ।
यहाँ उठाउन खोजिएको बिषयबस्तुको सारसंक्षेपमा जाऔं। बास्तबमा मैले व्यक्त गर्न खोजेको कुरा भनेको गाउँ समाजमा यस्ता धेरै मानिसहरू छन्,जसले विभिन्न क्षेत्रमा काम गरेर गहिरो अनुभव हासिल गरेका छन् । उनीहरुको मार्गदर्शनले यो मुलुकको कायापलट हुनसक्छ । स्थानीय तहमा रहेको बिकास बजेट खर्चनु पुर्व उनीहरु संग आग्रह पूर्वाग्रह नराखी लचिलो भएर सरसल्लाह लिनु धेरै नै बुद्धिमानी कदम मानिन्छ । थोरै बजेटले दीर्घकालीन फाइदा पुर्याउन सक्नु आजको आवश्यकता हो जुन तपाईंको एक्लो प्रयासमा वा एक्लो भिजनले नदेख्न पनि सक्छ । समुदायमा सांच्चै नै खोजी गर्ने हो भने तपाईं राजनीतिज्ञ भन्दा धेरै चलाख र बुद्धिजीवीहरु समाजमा बसेका हुन सक्छन् र राजनीतिज्ञको हरेक चतुर्‍याइँ माथी नजर राखेका हुन्छ्न ।
हुनसक्छ तपाईं पनि त्यही बुद्धिजीवी भित्र पर्नुहुन्छ तर तपाईंलाई आधुनिक बिकासको परिभाषा थाहा छैन । टड्कारो आवश्यकता के हो भन्ने नै थाहा छैन । उच्चस्तरीय ग्राभेलको आयु कति हुनुपर्छ भन्ने नै थाहा छैन । बाक्लो गाउँ भन्दा ८०० मि। भित्र रहेकोे एउटा परिवारको घर आगनमा बाटो पुर्याउनु पनि आवस्यकता नै हो । हो पुर्याउनु पर्छ तर त्यो स्थानमा बाटो पुर्याउदा वजेट कति लाग्छ त ? यो प्रश्नमा गम्भीरता छ । एक जना पूर्व शिक्षक राजनीतिज्ञ जनप्रतिनिधिले हिजो अस्ति रेडियोमा बोल्दा उच्चस्तरीय ग्राभेलको आयु २ वर्षको हुन्छ भन्नू भयो । अब के दुई वर्ष पछाडि पुन उच्चस्तरीय गर्ने ? कि अर्को कार्यकालमा गरौंला भनेर छोड्ने ? त्यसो हो भने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको आयु कति वर्ष ? तपाईं हिजो शिक्षक हुँदाका साथीहरूलाई कहिलेकाहीँ बोलाएर सोध्ने गर्नुस् त, विकासको खाका वहाँ ले पनि त कोर्न सक्नुहुन्छ नी ?
भलै वहाँ फरक राजनीतिक बिचारको होला तर पनि के फरक पर्छ र तपाईं भन्दा विद्वान वहाँ हुन सक्नुहुन्न होला ? तपाईंलाई उचित राय सल्लाह पनि त दिन सक्नुहुन्छ ?
मेरो अन्तरआत्माले बुझ्ने गरेको बिकास र तपाईंले गर्ने गरेको बिकासमा फरक यति मात्र हो । म एउटा सामान्य सञ्चारकर्मी भएको नाताले खेदो पाइलो गरेको छु होला । सदावहार प्रतिपक्षी बनिदिएं होला । तपाईंको विरुद्धमा कलम चलाएं होला तर मेरो एउटा मात्र आग्रह के भने यो मुलुकको राजनीतिक परिवर्तन यहाँले एक्लै गर्नुभएको अवश्य पनि होईन । पञ्चायतकालिन सत्ताधारीहरु र राजा बिरेन्द्र, ज्ञानेन्द्रलाइ सराप्दै भागेर हिड्दा तपाईंलाई ढिडो पिठो ख्वाउनेहरु अहिले पनि समाजमा जिवितै छन् र तपाईंको रवैया पूर्व शासकहरुको भन्दा फरक छैन भने तपाईंको विरुद्ध बोल्नुपर्छ कि पर्दैन ?
बजेट विनियोजन गर्दा अर्थविदहरुसंग, विभिन्न सामाजिक राजनीतिक अनुभव हासिल गरेकाहरुसंग र राणाकालिन अवस्था देखि अहिलेका सत्ताधारीहरुलाई समेत भोग्दै आएका मानिसहरू समाजमा जिवितै रहेकाहरू संग छलफल गर्दा के बिग्रन्छ ? अँध्यारो कोठामा किन केन्द्रित हुनुहुन्छ ? सबैको साथ र समर्थन पाउनुभयो भनें भोलीको नयाँ पिढीले गाउँमा बसेर बिकासको अनुभुती प्राप्त गर्न सकोस भन्ने अभिलाषा साथ अगाडि बढ्नुभयो भने विन विन सोलुसन निस्किन्छ नी ?

मङ्ल, असार २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

किन विवादित बन्यो, आदिवासी रंगशाला ?

  पूर्वी मधेसमा पहाडिया समुदाय विक्रम सम्बत २००० साल आसपासबाट झर्न सुरु गरेका हुन् । यी समुदाय झर्नअघि नै मधेसमा राजवंशी, ताजपुरिया, धिमाल, सन्थाल आदि जातिहरूको बसोवास थियो । झोडा खुल्दैछ भन्ने थाहा पाएपछि विसं...

आदिवासी रंगशालामा किन रातनैतिक रङ्ग ?

आदिवासी रंगशाला माथिको राजनीति बन्द गरिएन भने यसले भोलिको दिनमा अरु भयङ्कर दुर्घटनाहरु ननिम्तेला भन्न सकिन्न । यो त एउटा सानो सुरुवात मात्रै हो । भर्खरै काठमाडौंको नेवार गुठीहरु समाप्त पार्ने षडयन्त्रको विरुद्ध त्यहाँका...

विदेशीहरु भन्छन्, “कुकुर संग्रहालय खोल्नुस्, आम्दानी बढाउनुस्”

   भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र रोजगारीको निकै धेरै अवसर सृजना गर्न सकिने भएकोले विकाशन्मुख राष्ट्रले स्ट्रे...

माओबादको बैचारिक त्रुटी र आलोचनात्मक दृष्ट्रिकोण

२६ December १९८३ मा हुनान प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए । जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिश्वबिद्यालयबाट स्नातक...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

अबको ८२ दिन पछि म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु: रवि लामिछाने

सरकारका काम कारवाहीमा प्रश्न जिज्ञासा, शंका, प्रतिक्रिया अभिव्यक्त गर्नु एकदमै स्वभाविक र सामान्य कुरा हो । त्यो भन्दा पनि ठूलो कुरा यो आम मानिसको अधिकार हो, संचार माध्यमको धर्म हो । सरकारले के बिराउँछ...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

हाम्रो लागि प्रश्नहरु !

प्रतिक राई विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...