‘सलामीलाई अतिरञ्जित गरियो ’

हाम्रो दमक

झापा,२३ असार । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको सलामीको विषयलाई लिएर सार्वजनिक भएका अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरेका छन् ।

‘मार्चपासमा प्रमुख अतिथिले सलामी लिने चलन नौलो होइन, यो विश्वव्यापी नियम हो’ सोमबार आयोजित प्रतियोगिता समापन समारोहमा अध्यक्ष थापाले भने–‘तर, निम्ता गरेर बोलाइएका प्रमुख अतिथिमाथिको लाञ्छना र दुव्र्यवहार हामीलाई सह्य छैन् ।’खेल क्षेत्रलाई राजनीतिक थलोका रूपमा नबुझ्न सचेत गराउँदै उनले थपे–‘यो राजनीति गर्ने ठाउँ होइन, यो स्वतन्त्र क्षेत्र हो, यसलाई विभाजित गर्ने चेष्टा कसैले नगरे हुन्छ ।’

मार्चपासमा सहभागीहरूको मनोबल उच्च राख्न प्रमुख अतिथिले सलामी लिने अन्तर्राष्ट्रिय मान्यता रहँदै आएको चर्चा गर्दै अध्यक्ष थापाले कसैको चरित्र हत्या र मान मर्दन गर्ने छुट कसैलाई नभएकाले यस्तो हरकत नदोहोर्याउन चेतावनी दिए ।सलामीको सन्दर्भलाई जोडेर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा नकरात्मक रूपले अभिव्यक्त भएका टिका टिप्पणीप्रति खेद प्रकट गर्दै उनले भने–‘सलामीको स्थापित मान्यतालाई बुझ्न सम्बन्धित पक्षलाई मेरो आग्रह छ, आयोजक र प्रमुख अतिथिलाई बदनाम गर्ने दुस्साहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सलामीको सन्दर्भलाई जोडेर खेल क्षेत्रलाई विवादित बनाउने प्रति चनाखो रहन आग्रह गर्दै उनले भने–‘खेलकुद प्रतियोगितामा निम्त्याइएका अतिथिको प्रतिष्ठामाथि आँच पुर्‍याउनेलाई सामाजिक रूपमा सचेत गर्न आवश्यक छ ।’

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...