झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

‘स्वस्थ जीवनका लागि खेलकूद आवश्यक’–पोर्तेल


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६


  • बिर्तामोड । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् ।

    भद्रपुरस्थित कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमका वटुकबाट स्वस्ती वाचन र प्रमुख अतिथि पोर्तेलबाट पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको विधिवत् उद्घाटन गरिएको थियो । भद्रपुरस्थित मेची रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोर्तेलले स्वस्थ जीवनका लागि खेलकूद आवश्यक रहेकोमा जोड दिए ।

    ‘खेलकूदकै कारण धेरै देश संसारभर चिनिएका छन्’ सोमबार समापन हुने प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने–‘त्यसैले, मुलुकलाई विश्वसामु परिचित गराउने एउटा माध्यम हो खेलकूद ।’ उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोर्तेलले जिल्लास्तरीय प्रतियोगिताबाट दक्ष एवँ योग्य खेलाडी छनौट हुने विश्वास व्यक्त गर्दै प्रदेश र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न झापाली खेलाडीलाई शुभकामना व्यक्त गरे ।

    त्यस्तै, कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका भद्रपुर नगर कमिटी इञ्चार्ज असारु राजवंशीले खेलका नियमलाई आत्मसात् गरी खेल प्रतिभा प्रस्तुत गर्न खेलाडीलाई आग्रह गरे ।

    खेलाडीले अनुशासित भएर उच्च मनोबलका साथ खेल सम्बन्धि कला कौशल प्रस्तुत गर्ने र खेल क्षेत्रमा विगतमा झापाले प्राप्त गरेको विरासतले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे । उद्घाटन समारोहका सभापति एवँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले यसअघिका हरेक प्रतियोगितामा झापाले उत्कृष्ट स्थान प्राप्त गरी जिल्लाको गौरव बढाउँदै आएको बताए ।

    ‘झापाको गरिमा राष्ट्रिय स्तरमा उच्च रहनुमा झापाली खेलकूदले पनि एक हिस्सा ओगटेको छ’ अध्यक्ष थापाले भने–‘झापाको माटोले हरेक खेल विधाका दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गरेको छ, त्यसैले झापा खेल क्षेत्रको उर्वरभूमि हो ।’

    प्रतियोगिता उद्घाटन समारोहमा प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ। डिल्लीराम घिमिरे, एन प्याब्सनका जिल्ला अध्यक्ष सञ्जीव राई, प्याब्सनका जिल्ला अध्यक्ष एलपी उप्रेती, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष बुद्धिमान कार्की, नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीलगायतको आतिथ्यता थियो ।

    कार्यक्रममा जिल्ला खेलकूद विकास समितिले अक्षय कोष स्थापना गरी त्यसको ब्याज रकमबाट प्रत्येक वर्ष एक जना खेलाडीलाई सम्मान गर्ने गरी भानु साहित्यिक प्रतिष्ठान झापालाई नगद ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
    राष्ट्रिय खेलकूद परिषद्ले निर्धारण गरेका मापदण्डका आधारमा देशभरका जिल्ला खेलकूद विकास समितिमध्ये उत्कृष्ट घोषणा हुँदै झापाले सम्मान स्वरुप प्राप्त गरेको उक्त नगद राशी प्रतिष्ठानलाई प्रदान गरिएको हो ।
    प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीलाई प्रमुख अतिथि पोर्तेल र जिल्ला खेलकूद विकास समिति अध्यक्ष थापाले नगद हस्तान्तरण गरेका राखेपका कराते सहायक प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए ।

    सो अवसरमा प्रशिक्षकहरु जुडोका गंगाबहादूर खड्का, क्रिकेटका वीरु श्रेष्ठ, टेबल टेनिसका दिनेश राई, फुटबलका युगलकिशोर राई, कबड्डीका मेनुका राजवंशी, करातेका जमुना राई, महिला फुटबलका अस्मिता खवास, खो–खोका जय राजवंशी, करातेका सौरभ प्रधान, बुद्धिचालतर्फ पुनम प्रसाईं, शारीरिक सुगठनतर्फ रामबहादूर दाहाल, उमेश राई, हर्कबहादूर राई र चन्द्रकुमार लिम्बू र झापा फुटबल क्लव अध्यक्ष गजेन्द्र पौडेललाई नगदराशीसहित सम्मान गरियो ।

    प्रतियोगिता उद्घाटनका अवसरमा लिम्बू र सन्थाल जातीको साँस्कृतिक पहिचान झल्काउने झाँकी, सहभागी खेलाडीहरुबाट मार्चपास र जुडो तथा उसु खेल प्रदर्शन गरिएको थियो ।

    प्रतियोगिता आयोजक समितिका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वागत कोषाध्यक्ष धर्मराज शिवाकोटी र सञ्चालन कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।

    यसैबीच, प्रतियोगितामा स्थानीय तहस्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडी र टिमबीच एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा सुरु भएको छ । राखेपले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले भाग लिँदै आएका छन् ।

    स्थानीय तहस्तरीय सो प्रतियोगिताबाट छनौट भएका छात्र तथा छात्रा खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने र उक्त प्रतियोगितामा छानिएकाले प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology