झारो टार्ने अनुगमनको कडा प्रतिवाद गरिने


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६


  • गौरादह,२१ असार । गौरादह नगरपालिका नगर शिक्षा कार्यालयले निजी विद्यालयहरुको अनुगमन औपचारिकता पूरा गर्न मात्र भएको भन्दै निजी विद्यालय शिक्षक युनियन (इस्टु) विरोध जनाएको छ । विद्यालय अनुगमनको लागी तयार गरिएको फारममा नै गम्भिर त्रुटी देखिएको भन्दै सच्याउन माग गरिएको हो ।
    नगर शिक्षा कार्यालयले विद्यालय अनुगमन गरेको फारममा विद्यालय भवनको मापदण्ड पुरा भए नभएको, शुल्क प्रस्ताव अनुमोदन गरिए नगरिएको, छात्रवृति नियम अनुसार गरिए नगरिएको, विद्यार्थीको ट्रयाक् बुझाए नवुझाएको लगायतका विषयहरु समावेश गरिएको तर विद्यालयमा कार्यरत शिक्षकहरु के कति छन्, नियुक्ती पत्र वितरण गरिएको छ की छैन, नेपाल सरकार मापदण्ड, शिक्षा नियमावली वा अन्य नियम विनियम बमोजिम शिक्षकहरुलाई सेवा सुविधा दिर्ईएको छ की छैन जस्ता विषय वस्तुहरु छुटाईएकोले यसलाई यथासिघ्र सच्याउन इस्टु पदाधिकारीहरुले माग गरेका छन् ।
    इस्टु प्रदेश नं. १ अध्यक्ष यादव अधिकारीले अनुगमन वास्तविक हुनुपर्ने भन्दै झारा टार्नको लागी मात्र गरिने अनुगमन लाई इस्टुले कडा प्रतिवाद गर्ने वताउँछन् । सस्तो लोकप्रियता गर्ने भन्दा सुक्ष्म ढंगले सरोकारपक्षको सहभागितामा काम गर्नु पर्ने उनको सुझाव छ ।
    यता इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले नगर शिक्षा साखाले निजी तहमा अध्यापनरत शिक्षकहरुलाई वेस्वास्ता गरेकोले मुठभेडको स्थिती सृजना हुनसक्ने चेतावनी दिएका छन् । निजी शिक्षकहरुलाई तल्लो दर्जाको मानिस जस्तो व्यवहार गरिने कार्य बन्द गरिनुपर्ने भन्दै उनले भने, ‘आगामी श्रावण मसान्त भित्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गराउन सम्वन्धित पक्षहरु संग आग्रह गर्दछौ । ’

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology