इन्ट्रयाक क्लव अफ जेम्सलाई सहयोग

हाम्रो दमक

दमक,२० असार । दमक ८ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ्ग स्कुल ( जेम्स )मा गठन भएको इन्ट्रयाक क्लव अफ जेम्सलाई सहयोग प्राप्त भएको छ । रोटरी क्लव अफ दमक मार्फत गठन भएको सो क्लवलाई सामाजिक कार्य गर्नका लागि रु २५ हजार सहयोग प्राप्त भएको स्कुलका प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार रोटरी क्लव अफ दमकले १० हजार र रोटरीका युवा सेवा निर्देशक केशव अग्रवालले रु १५ हजार सहयोग दिएका हुन् ।
रोटरीको सेवामुखी कार्यलाई विद्यालय तहदेखि नै सक्रिय वनाउन उद्देश्यले स्कुलमा चार वर्ष अघि सो क्लव गठन गरि क्रियासील रहेको छ ।
यसैवीच , रोटरी क्लव अफ दमकका नयाँ बोर्ड समिति र जेम्स इन्ट्रयाक क्लववीच संयुक्त अन्तरक्रिया गरिएको छ । त्यस अवसरमा जेम्सका इन्ट्रयाक क्लवकी अध्यक्ष अन्जना बस्नेतसहितका पदाधिकारीहरुले स्कुलमा आफना क्लव मार्फत भईरहेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
क्लवले रोटरीका सेवामुखी कार्य प्रेरित गर्नुका साथै त्यस सम्बन्धी स्कुलका अभिभावक ,विद्यार्थीहरुसंग अन्तक्र्रिया तथा छलफल गर्ने प्रतिवद्धता समेत जनाएका प्रिन्सीपल श्रेष्ठले जनाएका छन् । गत वर्ष सो क्लवले खाजा खर्च कटाएर दमक २ मा रहेको हाम्रो बालआश्रमलाई रु ५० हजार आर्थिक सहयोग गर्नुका साथै रोटरीले आयोजना गर्ने विभिन्न सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको छ ।

शुक्र, असार २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...