डाँफे शाकोसको बार्षिकोत्सव सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


  • दमक,२० असार । झापाको दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफनो १३ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । स्थानीय रोयल पार्टी प्यालेसमा एक कार्यक्रम गरि रक्तदानसहित संस्थागत अन्तरकृया गरि मनाईएको हो ।


    बार्षिकोत्सव कार्यक्रमको दमक नगर उपप्रमुख गीता अधिकारी तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
    दोश्रो सत्रमा भएको अन्तरकृयामा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गरेको प्रतिवेदन मा संस्थाले भए गरेका काम कारवाही तथा भावी योजना हरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रमा संस्थाका उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य, उत्कृष्ट बचतकार्ता ,उत्कृष्ट बाल बचतकर्ता , उत्कृष्ठ जेष्ठ नागरिक बचतकर्ता सेयर सदस्यहरुलाई सम्मान गरिएको छ । बार्षिकोत्सवको विहानी सत्रमा संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस सोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोगमा भएको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको ब्यवस्थापक सन्दिप खतिवडाले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology