मनकामनामा कानून संकाय पढाई हुने


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


  • बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो ।

    ‘एजुकेशन फर कल्चर एण्ड डिग्निटी’ लाई मूल मन्त्र बनाएर बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले कक्षा ११ र १२ मा कानून संकायका विषय अध्यापनको अनुमति पाएको हो ।

    आज क्याम्पस प्रशासनले पत्रकार सम्मेलन गरी यसै शैक्षिक सत्रबाट ‘मनकामना स्कूल अफ ल’ सञ्चालनको तयारीमा जुटेको बताएको हो । शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल प्रेमप्रसाद भट्टराईले कक्षा ११–१२ मा कानूनसँगै ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट विषय पनि थप गरिएको जानकारी दिए ।

    ‘त्रिविविले प्रविणता प्रमाणपत्र तह हटाएपछि पछिल्लो एक दशकदेखि कानूनको आधारभूत ज्ञानप्राप्त गर्न चाहने विद्यार्थीहरु सो अवसरबाट बञ्चित रहेकोमा मनकामना माविले यो वर्षबाट यस्तो अवसर जुराएको हो’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

    सो अवसरमा शैक्षणिक कोअर्डिनेटर कुमार थपलियाले उक्त तीनवटै विषयमा ४०–४० जनाको मात्र विद्यार्थी भर्नाको कोटा निर्धारण गरिएकाले अन्य विषयको पठनपाठनमा भन्दा यसमा शैक्षिक प्रणाली पनि पृथक हुने सुनाए । पत्रकार सम्मेलनमा उठाइएका कानून विषयका जिज्ञासाहरु माथि प्राध्यापक सुधिर सुवेदीले थप प्रष्ट पारेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology