झापामा २२ प्रतिशत मात्र धान रोपाई

भरपर्दो सिञ्चाई सुविधा नहुनु, कृषि मजदुरको अभाव, आधुनिक कृषि यन्त्र उपकरण र प्रविधिमा किसानमा पूर्ण ज्ञान नहुनु, परम्परागत शैलीमा नै जमिनको उपयोग युवा शक्ति शहर बजार तथा विदेश पलायन हुनु जस्ता मुख्य समस्या रहेका छन् ।

हाम्रो दमक

दमक,१९ असार । धान उत्पादनका लागि उर्वर मानिएको झापा जिल्लामा असारको तेस्रो साता वित्न लाग्दा २२ प्रतिशत मात्र धान रोपाई भएको छ । जिल्लाको खेतीयोग्य ९८ हजार ७ सय १६ हेक्टर जमिन मध्ये करिब ९० हजार हेक्टरमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।


धान उत्पादनका लागि मुलुककै अब्बल मानिएको झापामा यस वर्ष धान रोपाई सन्तोषजनक ढंगले अगाढी बढ्न सकेको छैन् । जिल्लामा ९० हजार हेक्टरको हाराहारीमा धान खेती हुने गरेको भएपनि करिब ४० हजार हेक्टरमा मात्र सिंचाई सुविधा रहेको छ । बाँकी ५० हजार हेक्टर जमिन अझैपनि आकाशे पानीको भरमानै धान खेती हुने गरेका कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी शालिकराम भट्टराईले जानकारी दिए । समान्यतय झापामा असारको पहिलो साताबाट शुरु भएर साउनको तेस्रो साता सम्म धान रोपाई हुने गर्दछ ।

जलवायु तथा मौषम पूर्व अनुमान शाखाले यस अघिनै नेपाल मनसुन प्रवेश गरिेको भनिएपनि सक्रिय नहुदा पर्याप्त पानीको अभावमा धान रोपाई गर्न किसानलाई समस्या भएको छ । जसका कारण असारको तेस्रो साता वित्नलाग्दा झापामा २२ प्रतिशतमात्र धान रोपाई भएको भट्टराईले जानकारी दिए ।
भूमीगत, साना सिञ्चाई तथा कन्काई सिञ्चाई आयोजना गरि हाल जिल्लामा करिब ४० हजार हेक्टर जमिनमा मात्र सिञ्चाई सुविधा रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । बाँकी ५० हजार हेक्टर जमिन अझैपनि आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता कायमै रहेको छ । असारको पहिलो साताबाट नै मनसुन प्रबेश गरेको भएपनि सक्रिय नहुदाँ धेरै किसानले खडेरीको मार खेपीरहेका छन् ।

भरपर्दो सिञ्चाई सुविधा नहुनु, कृषि मजदुरको अभाव, आधुनिक कृषि यन्त्र उपकरण र प्रविधिमा किसानमा पूर्ण ज्ञान नहुनु, परम्परागत शैलीमा नै जमिनको उपयोग युवा शक्ति शहर बजार तथा विदेश पलायन हुनु जस्ता मुख्य समस्या रहेका छन् । जिल्लामा मंसुली जातको धान किसानले बढि रुचाउने गरेका छन् भने स्वर्ण सव, सुख्खा, १ सुख्खा तिन, जातका धानको पनि खेती हुने गरेको छ ।

बिहि, असार १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...

थेगिमसहित सहित चार जना पक्राउ

दमक,२७ असार । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।दमक १ स्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको...

अझै तीन दिन धेरै ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

झापा,२७ असार । चार दिनदेखि लगातार देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा अझै धेरै ठूलो वर्षा हुने भएका ले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार...

प्रधानमन्त्रीको गृहनगर दमक जलमग्न

दमक,२६ असार । तीन दिन यता परेको अविरल वर्षाका कारण दमकसहित पूर्वका अधिकास शहरहरु डुवानमा परेका छन् । जिल्लाको दमक,विर्तामोडसहित पूर्वका शहरहरु यसवर्ष पनि डुवानको चपेटामा परेका हुन् । ढुवानको चपेटा प्रधानमन्त्री केपी शर्मा ओलीको...

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

झापा,१८ असार । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५ । ७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला...