बुद्धशान्तिमा डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान शुरु


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६


  • बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिका स्थित स्वास्थ्य शाखाका अहेव अधिकृत दिपक सापकोटाले जानकारी दिए ।

    पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए ।

    प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाड्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।

    पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology