प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धुलिखेलमा उत्कृष्ट सडक


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६


  • नबराज तिमल्सिना

    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत धुलिखेल वडा नंबर २ को रबिमा छनोटमा परेका युवाले नमुना काम गरेका छन् । नगरपालिकाले आह्वान गरेको सूचना अनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालय मार्फत आफ्नै गाउँको सडकमा नमुना ग्राभेल गरेका हुन् । उनीहरूले बनेपा देखि पाचखाल जोड्ने सडकखण्डको डुढामुख क्षेत्रमा लगभग ३ कि.मी सडकमा व्यवस्थित ग्राभेल गरेका छन् ।

    वडा कार्यालयले जारी गरेको सूचनाअनुसार धुलिखेल वडा नंबर २ मा ९० जना युवाले रोजगार पाउँ भनी आवेदन दिएका थिए । ३० जना महिला र ६० जना पुरुषले दिएको आवेदन मध्ये ६० जनाले पूर्वाधार विकासको काम गर्ने इच्छा जाहेर गरेका थिए भने बाँकीले कृषि र जीविकोपार्जन रोजेका थिए ।

    धुलिखेल नगरपालिका वडा नंबर २ का क.बा वडाध्यक्ष अर्जुन न्यौपाने ले पूर्वाधार विकासको शीर्षक रोजेका युवालाई वडा कै सडक ग्राभेल गर्न लगाइएको बताए । उनका अनुसार वडाको सबै सडक ग्राभेल गर्ने कामलाई अघि बढाउने जानकारी गराएसँगै उनीहरूलाई उक्त काम लगाइएको हो । अध्यक्ष न्यौपानेले बाँकी आवेदकलाई अन्य कार्यक्रममार्फत सम्बोधन गरिने बताए ।

    अरनीको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको बनेपा-पाचखाल सडकलाइ प्रदेश सरकारको ५० लाख सहयोगमा चालू आर्थिक वर्षमा फराकिलोका साथै पक्कि ढल कुलेशा,सडक फराकिलो बनाउने काम सकिएता पनि, ग्राभेल फिजाउनेका बाकि भएकाले उक्त काम सोही ठाउँमा वडा कार्यालयले छनोटमा परेका युवालाई ग्राभेलको जिम्मेवारी दिएको थियो ।

    युवाहरुले आफ्नो गाउँ बनाउन भन्ने सोचका साथ उत्साहजनक तरिकाले काम गरिरहेका थिए, गाउँ पनि बिकास हुने युवा रोजगार पनि पाउने भएपछि नमुना ढंगले काम गरिएको सुनाए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology