लागूऔषध सहित ५ जना पक्राउ

हाम्रो दमक

झापा ,१८ असार । १ नम्बर प्रदेशका विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दाबाट कमल गाउँपालिका ५ का २२ बर्षीय शिव कुमार सदा र कमल गाउँपालिका ६ का २४ बर्षीय प्रकाश गजमेरलाई डाईजोपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र लुपीजेसिक ८ एम्पुल सहित पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।


यस्तै, झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दा चौकबाट लागूऔषध सहित झापा बिर्तामोड नगरपालिका ६ बस्ने वर्ष २१ को सुरज लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको साथबाट डाईजोपाम ५६ एम्पुल, फेनारगन ५६ एम्पुल, लुपीजेसिक ५६ एम्पुल र नाईट्रोजन चक्की २६ पिस लागूऔषध समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मंगलवार लिम्वुलाई पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।
त्यसैगरि, मोरङको उर्लावारी नगरपालिका १ बाट लुपिजेसिक १ एम्पुल, फेनारागन १ एम्पुल, डाईजेपाम १ एम्पुल र नगद रु ८७,७४० सहित उर्लावरी १ का २० बर्षीय सुनिल बिक पक्राउ परेका छन् । यसैगरी सुनसरीको बराह नगरपालिका १ का २२ बर्षीय आशिष राई स्पासमोप्रोक्सीबन प्लस नामक लागुऔषध २४७ ट्याब्लेट र २०० ग्राम गाजा सहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

                                        अबैध औषधी बरामद
झापाको मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी ५ लाख मूल्य बराबरको अवैध औषधी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पौने ७ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ओरियन्स कम्पनीको नाम लेखिएको बिभिन्न किसिमका २ कार्टुन, अन्दाजी ५ लाख बराबरको औषधी बरामद गरेको हो । बरामद भएको औषधी आवश्यक कारवाहीको लागि बुधबार औषधी ब्यबस्था बिभाग बुझाइएको ईलाका प्रहरी कार्यालय काकभिट्टाले जनाएको छ ।

बुध, असार १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...