कांग्रेस समर्थित लोकतान्त्रिक प्यानल बिजयी


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६


  • ईटहरी,१६ असार । यहाँस्थित इटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा भीमबहादुर पौडेल प्यानल सहित बिजयी भएका छन । पौडेलले २ हजार नौ सय ७ मत प्राप्त गर्दै बिजयी भएका हुन्। नेपाली काँग्रेसको समर्थन रहेका पौडेलले आफना निकट्तम प्रतिद्धन्दी नेकपाको समर्थनमा उम्मेदवार बनेका शैलेश बिष्टलाई १ हजार १ सय २६ मत अन्तरले पराजित गरेका हुन् ।


    यस्तै बाणिज्यतर्फ पौडेल समूहका बिष्णुप्रसाद रिजालले सबैभन्दा धेरै २ हजार ५ सय ४ मत ल्याएर बिजयी भएका छन् भने अशोक अग्रवालले सबैभन्दा कम १ हजार ८ सय ७ मत ल्याएर बिजयी भएका छन् ।
    बाणिज्य तर्फ निर्वाचित अनिल सुब्बा (काका) २हजार ४ सय ९७ मत, जीवन पराजुली २ हजार ४ सय ६३मत, पिताम्बर पोखरेल २ हजार २ सय ९६मत, नवराज काफ्ले २ हजार २ सय ६० मत, खगेन्द्र बिमली २ हजार २ सय ४८ मत, रामकुमार श्रेष्ठ २ हजार १ सय ४६ मत, रामहृदय राय १ हजार ८ सय ४२ मतका साथ बिजयी भए ।
    उद्योगतर्फ दिवस पोख्रेल, लक्ष्मण हुमागाँई, मुक्तिनाथ दाहाल र बिष्णुकुमार डाँगी बिजयी भएका छन् । यसैगरी महिला तर्फ पौडेल समुहबाट गायत्री भण्डारी (कटवाल )र शोभा कोइराला (सबिना) बिजयी भईन् । गायत्री भण्डारी १ हजार ४ सय १७ मतका साथ बिजयी हुँदा र सबिना कोइरालाले १ हजार ३ सय ३४ मतका साथ प्राप्त गरी बिजयी भईन। यस्तै एशोसियट्स तर्फबाट सुदिप घिमिरे निर्विरोध निर्वा्चित भईसकेका छन् ।
    बस्तुगत तर्फबाट बलराम भण्डारी ९ मतका साथ निर्वाचित भएका छन् । यस्तै उमानाथ पोख्रेल र महेन्द्र रेग्मी ८र ८मत प्राप्त गरेका छन् । उनीहरु मध्य एकजनालाई गोला प्रथाबाट बिजेता घोषणा गरिने निर्वाचन समितिका कमलेश पौडेलले जानकारी दिए । पौडेलका प्रतिष्पर्धी शैलेस बिष्टले एक हजार सात सय ७८ मत प्राप्त गरेका छन् । शैलेश बिष्ट समुहबाट पराजित उम्मेद्वारहरुबाट कमल पौडेलले– १हजार ७सय ४६, टंकप्रसाद खनाल–१ हजार ६ सय ८९, देवराज मादेन–१ हजार ६ सय ६९, माधव न्यौपाने– १ हजार ५ सय २१, फणिन्द्र मगर–१ हजार ५ सय १५, लक्ष्मी धिताल १ हजार ५ सय ३, रितेश श्रेष्ठ –१ हजार ४ सय ६, भोलाप्रसाद निरौला– १ हजार ३ सय ७२ र राजेश खनालले– १ हजार ३ सय ४४ मत ल्याएका छन्। यस्तै बिष्ट समुहबाट पराजित महिला उम्मेद्वार रञ्जु सिग्देलले ९ सय ८० मत र पुनम थापा मगरले ८ सय २३ मत प्राप्त गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology