चालिस कटेसी रमाउन जेसीज पूर्व अध्यक्ष समाज देशैभर गठन गर्ने: अध्यक्ष पौड्याल


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६


  • बुधबारे असार १५ । जेसीज पूर्व अध्यक्ष समाज झापाको चौथो साधारण सभा बुधबारेमा शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका अध्यक्ष महेश पौडेयालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पौड्यालले ४० कटेपछि रमाउनका लागि जेसीज पूर्व अध्यक्ष समाजले ठूलो भूमिका खेल्ने आफूले बल्ल थाहा पाएको भन्दै झापामा जस्तो सबै जिल्लाहरुमा जेसीज पूर्व अध्यक्ष समाजको गठन गरेर उमेरले ४० कटेकाहरुका निम्ति पनि रमाउने ठाउँ जेसीजलाई बनाउन पहल थाल्ने उद्घोष गरे ।

    कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष अनिल भेटवाल, नेपाल जेसीजका तालिम संयोजक जेसी एकराज गिरी, उद्योग वाणिज्य महासंघ प्रदेश १ अध्यक्ष नरेन्द्र खड्का, बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाको अवसर पारेर जेसीज पूर्व अध्यक्ष समाज झापाले वर्ष २०१८ मा उत्कृष्ट कार्य गरेबापत विर्ता जेसीजलाई नगद १५ हजार सहित सम्मान गरेको छ । त्यस्तै मेची उद्योग वाणिज्य संघको गरिमामय अध्यक्षमा चयन हुने धुलावारी जेसीजका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना र कनकाई उद्योग वाणिज्य संघको गरिमामय अध्यक्ष पदमा चयन हुने सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन चिमरियालाई सम्मान गरेको छ ।

    बुधबारे जेसीजका निर्वतमान अध्यक्ष जेसी प्रकाश भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा जेसीज आस्था वाचन बुधबारे जेसीजका कोषाध्यक्ष कृष्ण ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका महासचिव विष्णु रिमालले गरेका थिए । जेसीज पूर्व अध्यक्ष समाज झापाको पाँचौ साधारण सभा मेचीनगर लेडी जेसीजले विट गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology