राष्ट्रिय धान दिवसमा बुद्धशान्ति गाउँपालिका अध्यक्षले धान रोपे

हाम्रो दमक

बुधबारे, असार १५ । झापाको बुद्धशान्ति गाउँपालिकामा पनि राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । दही चिउरा खाने दिन अर्थात् असार १५ गते न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति ३ ले आयोजना गरेको राष्ट्रिय धान दिवसका दिन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पटाहा लगाउँदै धान रोपेर यो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथिले पटाहा लगाउँदा र धान रोप्दा त्यहाँको माहोल रोचक बनेको थियो । सोहि कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, बुद्धशान्ति कृषि शाखा प्रमुख भुपेन्द्र यादव, सहकारी संस्थाका अध्यक्ष ईश्वरीराज ढकालले पनि खेतमै गएर धान रोपेका छन् । सो कार्यक्रममा दुईसय बढीको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष इश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । सोही अवसरमा २ जना कृषकलाई समेत सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा गंगाराम न्यौपाने र जितेन्द्र धिमाल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि भजेल तथा अध्यक्ष ढकालले नगद जनही २ हजार, सम्मान पत्र तथा कुटोकोदालोले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले कृषि सहकारी भएर बुद्धशान्तिमा फरक किसिमको कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरेका थिए । जुन कार्यक्रम हरेक कृषि सहकारीले सिको गरि गर्न जरुरी रहेको बताए । उनले बुद्धशान्ति गाउँपालिका कृषिको पकेट क्षेत्र भएकाले कृषि क्षेत्रमा बिशेष किसिमले बजेट छुट्याएको हुनाले कृषि सहकारीहरुले गाउँपालिका संग समन्वय गरेर अनुदानमा स्थानीय कृषकहरुलाई मल बिउ तथा राषायनीक औषधीहरु बिक्री बितरणहरु गर्न आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष उप्रेती, कृषि प्रमुख यादवले समेत कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । संस्थाका उपाध्क्ष सुरज दंगालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव खेमराज कटेलले गरेका थिए ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...