गौरादहमा इष्टुको नगर समिति गठन

हाम्रो दमक

गौरादह,१४ असार । निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ । माउण्ट एभरेष्ट मावि गौरादहको सभाहलमा आज सम्पन्न शिक्षकहरुको भेलाले सञ्जीव बहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय नगर समिति गठन गरेको हो ।


नवगठित समितिको उपाध्यक्षहरुमा प्रमोद न्यौपाने, गोपाल पंगेनी, महिला उपाध्यक्षमा कल्पना घिमिरे र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । यस्तै,समितिका सदस्यहरुमा फागुलाल शर्मा, देवेन्द्र खतिवडा, इन्दिरा मिश्र, सम्भु साह, रुद्र कुमार वराल, रोहित आचार्य लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा इस्टु केन्द्रिय समितिका सदस्य एन. पी. लामिछानेले कार्यक्रमका उद्घाटन गर्दै निजी क्षेत्रमा सेवारत शिक्षकहरु दमन र शोषणवाट पीडित हुदै आएको र समाजमा तल्लो दर्जाको व्यक्तिको रुपमा व्यवहार गरिने गरेको विशम परिस्थिति औल्याउदै निजी शिक्षकहरुको हक हितको रक्षाको लागी आफुहरु लामो समय देखी संर्घषरत रहेको वताए ।
नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएमा मात्र पनि ८० प्रतिशत समस्या हल हुने जिकिर गर्दै उनले संघीय शिक्षा ऐनमा व्यवस्था भएका विदा तथा सेवा सुविधाहरु समान रुपमा लागु गराईनु पर्ने, स्थानीय तथा प्रादेशिक तहको शिक्षा ऐन र नियमावलीमा इस्टुको प्रतिनिधित्व हुनु पर्ने, सामुदायिक शिक्षकहरु सरह निजी क्षेत्रका शिक्षकहरुलाई समेत समान रुपमा तालिम प्रदान गरिनु पर्ने विधिसम्मत कार्यहरु यथासिघ्र अगाडी बढाईनु पर्नेमा जोड दिए । कार्यक्रममा इस्टु प्रदेश नं. १ अध्यक्ष यादवराज अधिकारीले इस्टुले राखेका माग पूरा नभए जस्तो सुकै कदम चाल्न आफुहरु तयार भएको भन्दै आवश्यक परे आन्दोलनका कार्यक्रमहरु समेत सुरु गरिने वताए । इस्टुले उठाएका सवै माग प्रति जिल्ला प्याव्सन झापा सकरात्मक रहेको पाईएको र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति इमान्दार भएर प्यावसनले सहयोग गर्नेमा आफुहरु आशावादी रहेको अधिकारीले विश्वास व्यक्त गरे ।
जिल्ला अध्यक्ष होमराज खतिवडाले झापामा रहेका करिव ४ सय निजी विद्यालयमा ३६ सय भन्दा वढी शिक्षकहरु कार्यरत रहेको भन्दै उनीहरुको भविस्य सुरक्षित गर्नको लागी आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तुरुन्त लागु गर्न माग गरे । तदर्थ समितिका अध्यक्ष सञ्जीव कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भावना निरौला, पदम गजुरेल, दिपक खड्का लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुभाष पाण्डेले गरेका थिए ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...