८ लाख बढी ठगेर म्यानपावर व्यवसायी फरार

दमकमा क्यारियस गाईडेन्स सञ्चालन गरेर बस्ने कमल कट्टेल र दमक ५ मा मार्भलस इम्प्लोइमेन्ट प्रालि पूर्वाञ्चल ट्रेनिक सेन्टर सञ्चालन गरी बस्ने विशाल बस्नेत तथा विर्तामोडमा सुनकोशी ओभरसिज प्रालि नामक म्यानपावर सञ्चालन गरी बस्ने सन्तोष राई विरुद्ध पीडितहरुले उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालयले पक्राउ गरी कार्यालयमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय झापा र काठमाडौं , जिल्ला प्रहरी कार्यालय झापा र काठमाडौंलाई पत्राचार गरेको छ । उनीहरु चारै जनाका नाममा ११ असारमा पक्राउ पूर्जी जारी भएको हो ।

हाम्रो दमक

गौरीगञ्ज,१४ असार । झापाको गौरादह ९ बैगुनधुरा स्थायी घर भई अबैध रुपमा म्यानपावर एजेण्ट ( दलाल) को काम गर्ने बाबुराम निरौलाले गौरीगञ्जका चार जना युवाको ८ लाख बढी रकम ठगी गरेका छन् ।
गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका २ जना र वडा नं २ कोरोबारीका २ जना युवालाई झुक्याएर भिजिट भिसामा दुवई पठाएर कुल ८ लाख ६३ रुपैयाँ ठगी गरेर फरार भएको पीडितहरुले वताएका छन् ।

निरौलाले माहाभाराका सुकराज शेख, उमाशंकर राजवंशी, कोरोबारीका शम्भु राई र रमेश मगरलाई जनही २ लाख भन्दा बढी रकम लिएर वर्किङ भिसा भन्दै झुक्याएर दमकदेखि काठमाडौं सम्मका दलालहरुसंग साँठगाँठ गर्दै एक महिना अघि दुवई पुरयाएका थिए ।
दुवईको एक अमेरिकी जुस कम्पनीमा काम लगाई दिने भन्दै साधारण लेखापढी भएका सोझा सिधा ति युवाका अभिभावकले बारम्बार निरौलालाई आफ्ना छोरा फिर्ता ल्याई दिन र अहिले सम्मको क्षतिपूर्ति भर्न आग्रह गर्दै भेट गर्न खोज्दा भागी भागी हिंडेपछि पीडितहरु न्यायका लागि गुहार माग्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलसंग सम्पर्क गर्न पुगेका छन् ।
जानकारहरुको परामर्शमा पीडितहरुको तर्फबाट सेखका बुबा मजबुर सेखले दिएको उजुरीका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरले निरौला विरुद्ध ११ असारमा पक्राउ पूर्जी जारी गरेको छ ।

सो सम्बन्धिको जानकारी कार्यालयले जिल्ला प्रशासन कार्यालय झापा र काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका सम्बन्धित इलाका प्रहरी कार्यालयहरुमा समेत गराएको छ ।
पिडक निरौलाले दुर्वइमा वर्किङ भिसा भनेर भिजिट भिसामा पठाई पीडितहरुलाई विचल्ली बनाएको ब्यहोरा उजुरीमा उल्लेख छ । उनीहरुलाई दुवई पुगेपछि साथमा रहेका मोवाइल र लत्ताकपडा समेत खोसेर दलालहरुले कन्तविजोग बनाएपछि साथीहरुको सहारामा बसेका थिए ।
पीडित चारै जना आफन्त र गाउँका छिमेकीहरुको शरणमा दुवईमा बसेर घरबाट प्लेन टिकट वापतको जनही २५ हजार रुपैयाँ पठाएपछि नेपाल फर्किन सम्मभव भएको मजबुर सेखले बताए ।
यसैबीच वैदेशिक रोजगारका नाममा लाखौं रुपैयाँ ठगी गरेको भन्दै निरौलासहित झापाका ४ जना विरुद्ध श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेपछि उनीहरुका नाममा पक्राउ पूर्जी जारी भएको छ । निरौला बाहेक अरु दमकमा अबैध म्यानपावरको काम गर्ने दुई जना र विर्तामोडमा राहदानी फिर्ता नगर्ने एक जनालाई पक्राउ गर्न आदेश गरेको हो ।
दमकमा क्यारियस गाईडेन्स सञ्चालन गरेर बस्ने कमल कट्टेल र दमक ५ मा मार्भलस इम्प्लोइमेन्ट प्रालि पूर्वाञ्चल ट्रेनिक सेन्टर सञ्चालन गरी बस्ने विशाल बस्नेत तथा विर्तामोडमा सुनकोशी ओभरसिज प्रालि नामक म्यानपावर सञ्चालन गरी बस्ने सन्तोष राई विरुद्ध पीडितहरुले उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालयले पक्राउ गरी कार्यालयमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय झापा र काठमाडौं , जिल्ला प्रहरी कार्यालय झापा र काठमाडौंलाई पत्राचार गरेको छ । उनीहरु चारै जनाका नाममा ११ असारमा पक्राउ पूर्जी जारी भएको हो ।

बस्नेतले उर्लाबारी ३ का मिलन दर्जी भित्रिकोटीको राहदानी र मेडिकल खर्च वापतको रकम फिर्ता नगरेको उजुरी छ भने कट्टेलले भद्रपुरका एक व्यक्तिसंग वैदेशिक रोजगारमा पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको ब्यहोराको उजुरी परेको छ । त्यस्तै विर्तामोडका राईले एक जनाको राहदानी फिर्ता नगरेको उजुरी छ ।
आरोपित व्यक्तिले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० विपरित कार्य गरेको भनी किटानी उजुरी दिएकाले सोही ऐनको दफा ४३ ले इजाजत पत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा वैदेशिक रोजगारीमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जना वापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई तीन लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिवाना वा तीन बर्षदेखी ७ बर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेकाले सो कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरले उनीहरुलाई पक्राउ गर्न पत्राचार गरेको हो ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

रोटरीको सिद्धान्त र उद्देस्य अनुसार सामाजिक क्षेत्रमा क्रियासिल हुने: अध्यक्ष चापागाईं

दमक । रोटरी क्लब अफ दमकमा बर्ष २०१९/२० का अध्यक्ष सन्दीप चापागाईंले आफ्नो कार्यकालमा रोटरीको सिद्धान्त र उद्देस्य अनुसार सामाजिक क्षेत्रमा क्रियासिल हुने प्रतिवद्धता गर्नु भएको छ । आज बिहान सञ्चारकर्मिहरुसंगको कुराकानीमा नव निर्वाचित अध्यक्ष चापागाईंले...

फुलवासा खोलामा डुबेर बालकको मत्यु

बिर्तामोड, असार ३० । मेचीनगर १३ स्थित फुलवासा खोलामा डुबेर एक बच्चाको मृत्यु भएको छ । मेचीनगर १२ स्थित माता पाथिभारा टोलका गंगाराम प्रसाईको तीन वर्षिय छोरा अजित प्रसाईको मृत्यु भएको हो । आज सोमबार...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

भिरबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ, २९ असार । भिरबाट लडेर ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका ४ ईखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा बस्दै आएका...