सरकारले ३ वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने

सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य हर्बल बिरुवा रोप्ने निर्णयसमेत गरेको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६


  • काठमाडौँ । सरकारले आज देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर कलंकी सडकखण्डमा नासपातीको बिरुवा रोपेर सो अभियान शुभारम्भ गर्नु भएको छ ।

    सरकारले यस वर्षदेखि हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थाल्नु भएको थियो ।

    अभियानअन्तर्गत देशभर २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुवरले बताउनुभयो । प्रधानमन्त्रीको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरूप दिन वृक्षरोपण दिवसमार्फत पुनः फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने निर्णय गरिएको उहाँले बताउनुभयो । सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ ।

    यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आ–आफ्नोे कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ ।

    सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य हर्बल बिरुवा रोप्ने निर्णयसमेत गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology