आफ्ना सन्तान सरह बोट विरुवाको संरक्षण गरेर हुर्काउनुस: प्रधानमन्त्री ओली


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६


  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभएको छ वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर-कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभयो । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको विरुवा रोप्नुभएको हो ।

    सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रूपमा मनाउने भएको छ। प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्‍पर्धा हुनुपर्ने बताउनुभएको छ ।

    आफु रोपेका विरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ । अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्ने उहाँले बताउनुभयो । वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

    सरकारको मात्र नभएर जनजनको कार्यक्रम रहेको बताउदै प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएको बताउनुभयो । यस्तै उहाँले त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे। हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए। यस वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology