पुर्वराजा ज्ञानेन्द्रले दरवार छोड्दा २ ट्रक सुनका बिस्कुट लगे: किशोर श्रेष्ठ, भिडियो कुराकानी

हाम्रो दमक

यसपटकको वार्ता हामीले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग गरेका छौं । श्रेष्ठसँग मिडिया काउन्सिल विधेयकका विषयमा मात्रै होइन, प्रधानमन्त्री केपी ओलीबारेका कुराकानी, दरबार हत्याकाण्डलगायत विषयमा कुराकानी भएको छ ।

मिडिया कान्सिल विधेयकमा कमजोरीहरु औंल्याउनु भएको छ । के पाउनु भएको छ विधेयकमा ?

हरेक मुलुकमा मिडियाको भूमिका संवेदनशील हुन्छ । यस्तो क्षेत्रमा सरकारले सोचविचार गरेर ऐन कानुन बनाउनु पर्छ । सरकारले अरिंगाल भिडाउने झै गरी विधेयक ल्याउन हुँदैन । मिडियालाई राम्ररी हेरचाह गरियो भने यसले प्रतिफल पनि मुलुकका लागि राम्रै दिन्छ । सरकार र जनताबीचको पुल भनेको मिडिया हो । मिडिया काउन्सिल विधेयक हामीले नै भनेर ल्याइएको हो । हाम्रो मस्यौदालाई तोडमोड गरेर सरकारले आफूखुसी ल्यायो । सरकारले न्युनतम पारिश्रमिक लागू गर्न सकेको छैन । तर दण्डचाहिँ १० लाख कसरी स्वभाविक भयो र ?

अमेरिकामा १ करोडसम्म जरिवाना भनेर सञ्चारमन्त्री गोकुल बास्कोटाले तर्क पेस गर्नु भयो त ?

हाम्रोमा पनि अरु कानुन छन नी त । समाचार लेखेकै कारण लाखौं रुपैया जरिवाना, जेलनेलको विपक्षमा हो म । पत्रकारले अरु अपराध गर्छ भने हामीले पत्रकार भएकै कारण अन्य दण्डबाट पनि मुक्त हुनुपर्छ भनेका हैनौं । राष्ट्रपतिका विषयमा अनर्गल प्रचार गरेका कारण सोनुकुमार सुनार जेलमै छन् । हामीले उनलाई छाड्नु पर्छ भनेका त छैनौं । त्यसकारण सरकारले लागू हुन नसक्ने विधेयक ल्याउनु अघि सोच्नु पर्छ । भोलि लागू नै गर्न सकिएन भने ऐन ल्याएको के अर्थ भयो र ।

सरकार गुठी विधेयकबाट त पछाडि हट्यो । मिडिया काउन्सिल विधेयकबाट पनि पछाडि सर्ला ?

पछाडि सर्यो नै त नभनौं । जनताको मतलाई कदर गर्यो भन्नु पर्ला । गुठीका विषयमा सबै क्षेत्रको गुठीलाई एकै डालोमा हाल्ने काम गरियो । नेवारहरुको संस्कृति अभिन्न रुपमा गुठीसँग जोडिएको छ । पश्चिमका थारुहरुको हकमा बेग्लै प्रयोग छ । नेवारहरुमा त जन्मदेखि मृत्यु संस्कारसम्ममा गुठी आवश्यक हुन्छ । कम अध्ययन गरेर सरकारले ल्याएको थियो । जुन जनताले मन पराएनन् ।

मिडिया काउन्सिल विधेयकले सामाजिक सञ्जाल र मिडिया एकै हुन् भन्ने परिभाषा गरेको छ । यो प्रथम दृष्टिमै अयोग्य देखिन्छ ।

सञ्चारमन्त्री त मिडिया काउन्सिल विधेयकको चट्टानी अडानमा हुनुहुन्छ । तपाइंको त साथी पनि । टिप्पणी गर्न अलि गाह्रो पनि होला । तर केही भन्न त मन लागेको होला नी ?

मेरो साथी हो । समकालीन पनि हौं हामी । मैले उहाँलाई सबै कुरा भनेको छु । उहाँलाई आफ्नो कार्यकालमा केही राम्रो गरेर जाउँ भन्ने पनि होला । केही राम्रो काम गरिरहनु भएको पनि छ । तर मिडिया काउन्सिल विधेयकमा गडबड भइरहेको छ । लागू नहुने ऐन नल्याएकै राम्रो । जस्तो कि देवानी तथा फौजदारी संहिता लागू भइसकेको छ । यो संहितामा उपचारका क्रममा बिरामीको मृत्यु भयो भने चिकित्सकविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाउन सकिने उल्लेख छ । तर त्यो लागू भएको छ ? अवश्य पनि छैन । यसकारण लागू हुन नसक्ने ऐन नल्याएकै राम्रो हो ।

प्रधानमन्त्री ओली सबै क्षेत्रका जानकार, सञ्चारमन्त्री चाहिँ गोयबल्स जस्ता भनेर टिप्पणी हुन्छ नी ?

म गोयबल्स नै चाहिँ भन्दिनँ । तर प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीका बेलामा लिनु भएको अडान र राष्ट्रवादी व्यवहारले उनका कैयन मानिसहरु फ्यान भए । समर्थक भए ।

नेकपाइतरकै मानिसहरुले पनि समर्थन गरे । तर आज नेकपानिकटहरु नै मौन छन् । अहिले दुई वटा अतिवादी अवस्था विद्यमान छन् । सरकारको पक्षमा लेखियो भने जनस्तरबाट अरिंगाले आक्रमण हुन्छ । विरोधमा लेख्दा केपी ओलीका अरिंगालेबाट आक्रमण हुन्छ । ती मिडियाबाटै प्रकट हुन्छन् । यसकारण यस्तो मिडियालाई व्यवस्थित गर्न आवश्यक छ ।

यो मिडियालाई बाटोको मादल बनाएर, बजाएर खरी झारेर हिँड्नु हुँदैन । आकस्मिक, अप्रत्यासित ढंगले मिडिया काउन्सिल विधेयक दर्ता गरिएका कारण बढी शंकास्पद भएको हो ।

प्रधानमन्त्री केपी ओलीका सम्बन्धमा तपाईंले लेख्नु भएको एउटा समाचार, फोटो वा क्याप्सन उहाँले सम्झि बस्नु भएको छ भन्ने तपाईंको कुरा छ । त्यो सन्दर्भ के थियो ?

महाकाली सन्धि भएपछि एमाले फुट्यो । म माले निकट थिए । एमालेनिकट पत्रकारहरुले बामदेवलाई सत्तो सराप गर्थे । मालेनिकटले ओलीविरुद्ध प्रहार गर्थे । आरोप प्रत्यारोप खुब चलेको थियो, त्यो बेला । हामी पनि त्यो आक्रमणमा सहभागी भयौं । अहिले सम्झिँदा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । कमजोरी भएछ भन्ने पनि लाग्छ । त्यो बेला एक सन्दर्भमा हालका प्रधानमन्त्री र हालका राष्ट्रपति रुकुम जानु भएको रहेछ ।

रुकुम जाँदा विद्या भण्डारीले सेतो सारी लगाउनु भएको थियो । हातमा रातो माला बोक्नु भएको थियो । साथमा केपी शर्मा ओली हुनुहुन्थ्यो । फोटोमा क्याप्सन लेखियो, ‘सेतो सारी रातो माला, हाम्रो जोडी कहाँसम्म जाला ?’ । ५४ सालमा छापिएको त्यो क्याप्सन आज २१ वर्षपछि पनि उहाँले सम्झिरहनु भएको छ । उहाँको मप्रतिको तुष अझै छ ।

तर राष्ट्रपति विद्या भण्डारीसँग मेरो कहिलेकाहीँ भेट हुन्छ । उहाँले त्यसलाई माइन्ड गर्नु भएको छैन । उहाँले ‘त्यसमा तपाईंको भन्दा पनि सिपी मैनालीले जे छाप्न भन्नुभयो, त्यही छाप्नु भयो । त्यसमा केही छैन ।’ भन्नु भएको छ । तर प्रधानमन्त्रीले त्यो कुरा बिर्सिनु भएको छैन ।

ठूला नेताहरुले चानचुन कुरा त बिर्सिन्छन् भन्छन् । प्रधानमन्त्री ओलीले चाहिँ नबिर्सिनु नै भएको हो कि तपाईंलाई त्यस्तो लागेको हो ?

उहाँले नबिर्सिनु नै भएको हो । केही उदाहरण पनि छन् । रातोपाटीका सम्पादक ओम शर्मा र म एउटै जिल्ला कमिटीमा हुँदा धादिङमा उहाँले पोस्टर टाँस्नु भएको थियो । त्यहाँ जारी गरेको सर्कुलरका आधारमा उहाँ पक्राउ पर्नुभयो । राजकाज मुद्दा लगाइइो । सेन्ट्रल जेलमा लगियो । म भूमिगत भएँ । त्यो बेला तीन महिना जेल बस्नु भन्दा बाहिरै बसेर संगठनको काम गर्नु ठीक लाग्यो ।

ओम शर्मा जेलमा हुँदा उहाँ पनि त्यही हुनुहुन्थ्यो । पञ्चायतकालको कुरा भन्दैछु । एक दिन मर्निङ वाकमा हुँदा सायद कलिलो उमेरका ओम शर्मा ठोक्किन आइपुगेछन् । उहाँले सम्झिरनु भएको रहेछ । एमाले र मोओवादीका पत्रकार संगठन एक गर्ने बेला एकीकृत संगठनको संयोजक शर्मालाई बनाउनु पर्छ भन्ने प्रस्ताव लिएर प्रचण्ड प्रधानमन्त्री कहाँ भेट्न जानु भएछ । प्रधानमन्त्रीले प्रचण्डलाई भन्नुभएछ, ‘ए त्यो ४२ सालको फुच्चे केटो ? हुँदैन ।’

यस्तो जवाफ सुनेका प्रचण्डले ओम शर्मालाई भन्नुभएछ, ‘ओमजी, प्रधानमन्त्री त चित्रगुप्त जस्तै हुनुहुँदो रहेछ । सबै हिसाब गरेर बस्नु भएको रहेछ ।’
राजनेताले यस्ता सानातिना तुष पालेर बस्नु हुँदैन । उहाँ पालेर बस्नु हुन्छ ।

केपी ओली ६२/६३ सालको जनआन्दोलनमा एक दिन पनि सहभागी हुनुभएन भन्ने कुरा साँचो हो ?

म त्यता तिर जान चाहन्न । तर उहाँ गणतन्त्रकै लागि १४ वर्ष जेल बस्नु भएको त हो । उहाँको इमानप्रति शंका नगरौं । हामीजस्ता सामान्य मानिसहरुसँग पनि इख लिएर बस्नु हुन्छ । उदाहरणका लागि झापामा चुनाव प्रचारको बेला प्रचार सकेर टिनले बारेर बनाएको सामूहिक भोजन देखेर एक जना मधेसी मुलका एक सरकारी खरिदारले ‘यहाँ के हुँदैछ भनेर सोधे ।

त्यहा भएका युुनुस अन्सारीका पिता सलिम मियाँ अन्सारीले केपी कमरेडको चुनाव प्रचार सकेर खाना खाने काम भइरहेको जवाफ दिए । त्यसपछि ती खरिदारले एकलखे जोडेर ‘ ए .े..को भोज ! चल्दै रहेछ ।’ भनेछन् । त्यो कुरा केपी ओलीले पनि सुन्नु भएछ । त्यसपछि उहाँ गृहमन्त्री हुनुभयो, त्यस्तो टिप्पणी गर्ने खरिदारलाई सरुवा गरेर दार्चुला पुर्याइदिनु भयो । उत्तरकोरियाका राजदूतले कति गर्दा पनि विदाई भेट प्रधानमन्त्रीसँग गर्न पाएनन् । किनभने २० वर्षअगाडि प्योङयाङ जाँदा अरुलाई बोल्न दिँदा उहाँलाई दिइएनछ । २० वर्षपछि आएको एउटा निर्दोषसँग उहाँले प्रतिशोध साँध्नु भयो ।

मदन भण्डारीसँग निकट हुनुहुन्थ्यो । उहाँको जीप दुर्घटनामा मृत्यु भयो । त्यो मृत्युलाई एमालेले राजनीतिक फाइदा हुने गरी अस्त्रका रुपमा प्रयोग गरिदियो भन्नेहरु पनि छन्, त्यस्तो लाग्छ ?

मदन भण्डारीको निधनपछि एमालेले यो विषयलाई सिरियसले फलो गरेन । जसका कारण यसखाले शंकाहरु जनमानसमा उत्पन्न भएको कुरालाई म अस्वभाविक मान्दिनँ । अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीको हत्याको रहस्य अझै सुुल्झिएको छैन । मदन भण्डारीको स्वभाविक घटना हो भनेर म मान्दिनँ । किनभने त्यो स्थानमा सोझो बाटो छ । फराकिलो छ । बीचको बाटोबाट गुडिरहेको जीप दाहिने मोडिएर त्रिशूलीमा खस्ने, चालक सुरक्षित ढंगले बाहिर निस्किने तथ्यले शंकास्पद नै मान्नुपर्छ ।

ती चालक फेरि काठमाडौंमै अपहरण गरेर कीर्तिपुरमा लगेर हत्या गरियो । यसकारण यो अुनसन्धान हुनुपर्ने विषय हो । एमाले पटक पटक सत्तामा गयो, अर्धांगिनी राष्ट्रपति हुने, केपी ओली प्रधानमन्त्री भएको बेला पनि छानविन नगर्दा राजनीतिक इमान देखिदैन ।

दरबारको समाचार पनि खुबै लेख्नु भयो, आजकाल राजपरिवारका सदस्यहरुसँग कतिको टचमा हुनुहुन्छ ?

खासै छैन । उहाँहरु अहिले कुनै सक्रिय पदमा हुनुहुन्न्न । पदमा नभएको मानिसहरुको विषयमा समाचार पनि खासै लेखिन्न । बेकार गिजोल्न गए जस्तो हुन्छ ।

केही मानिहरु त अहिले पनि राजसंस्था फर्किन्छ भन्छन् नी ?

त्यो सबै दिवा सपना हो । सम्भव छैन । कुनै संगठन, आस्था, पैसा, षडयन्त्र वा विदेशी शक्ति केही नभई परिवर्तन हुँदैन । पूर्वराजासँग केही छैन । राजा ज्ञानेन्द्रले केही मोटिभेट गरेका छैनन् । उनको पालामा के गरे त ? इतिहाँसमै ज्ञानेन्द्र जति लोभी राजा थिएनन् । कमल थापा, पशुपति शमशेरहरुलाई एक सुको दिँदैनन् । राजासँग बेहिसाब सम्पत्ति छ । नारायणहिटी छाडेर निर्मल निवास जाँदा दुई ट्रक सुन र चाँदीका बिस्कुट सारिएको छ । उति नै गरगहना, मणिमाणिक्य थिए ।

पारसलाई त्यस्तो लखट्नु भयो, फोन गरेर कहिल्यै थर्काएनन् ?– पारसको निकट, सुरक्षाकर्मीहरुले थर्काउथे ।

रामकृष्ण ढकाल प्रकरणमा के भएको थियो ?

रामकृष्ण ढकालमात्रै हो र ? प्रभञ्जन सिंह, शिद्धार्थ राणालगायत धेरैले कुटाइ खाए नी पारसबाट । हात चिलायो कि कुटी हाल्ने स्वभावका थिए उनी । कुटाइ खानका लागि नै उनीसँग दुई चार जना हिँडिदिनु पर्ने अवस्था थियो । शिद्धार्थ राणालाई एभरेष्ट होटलको बाथरुममा खुट्टा भाँचिने गरी कुटेका थिए ।

यस्तो आक्रामक चाहिँ सत्ताकै उन्माद हो ? – वंशाणुगत र पुल्पुल्याइनु दुइ कारण हुन् ।

वंशाणुगत भन्नुभयो, राजा ज्ञानेन्द्र शान्त, भद्र छन् त ? – शान्त र भद्र त सत्ता हातमा लिँदा देखिहालियो नी ।

दरबार हत्याकाण्डमा दीपेन्द्रले नै गोली चलाएको तपाईं पनि भन्नु हुन्छ । आफ्नो परिवारबाहेक अरुलाई मार्ने योजना थिएन पनि भन्नु हुन्छ । तर धेरै सोत्तर कसरी भए भन्ने लाग्छ ?

हो त । उनको पहिलो लक्ष्य वीरेन्द्र नै थिए । तीन गोली हानेर वीरेन्द्रको हत्या गरे । बाबुमारेपछि आफू राजा हुने अवस्था हुन्थ्यो । उनको बाटोको अर्को तगारो आमा थिइन् । अन्तिममा ऐश्वर्य मारिइन् । अरु बाटामा आएकाहरु थिए । छेक्न आएकाहरु परे ।

पारसलाई चाहिँ किन छाडे ?

पारसलाई किन मार्छन् ? पारस त उनको चम्चा । जहाँ गए पनि छायाँ बनेर गइदिने । पारसले जे बितण्डा मच्चाए पनि दीपेन्द्रले मिलाइ दिने । पारस हच्किने भनेकै दीपेन्द्रसँग मात्रै । दुवै जना गाँजा खाने, रक्सी खाने पार्टर थिए । दीपेन्द्रले भाइलाई पनि मारेका थिएनन् । अन्तिम अन्तिम तिर मात्रै मारेका थिए ।

रानीले उनलाई पटक पटक धम्की थिइन् । धीरेन्द्रको जस्तै स्टाटस खोसेर भाईलाई राजा बनाउने उनको चेतावनी थियो ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

कुराकानी बाट अन्य

‘लोकतान्त्रिक व्यवसायीलाई संगठित गर्ने अभियानमा छौं’

    बबरजंग थापा ( किरण ) दमकका व्यवसायिक क्षेत्रमा चिनिएको नाम हो । उनले दशक बढीदेखि अटो प्लाजासहित विभिन्न आधा दर्जन व्यवसायिक फर्म सञ्चालन गरिआएका छन् । लामो समयदेखि दमकलाई कार्यक्षेत्र बनाएर व्यवसाय गरिआएका...

‘जिल्लामा पार्टी थप सुढृण बनाउने लाग्ने छु ’

दिपेनवाला राई –समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिका अध्यक्ष हुन् । दमकमा सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट उनी आगामी तिनवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । विद्यार्थी उमेरदेखि नै राजनीतिमा आर्कषित...

समय मिलाउन सकियो भने समस्या हुँदैन : लिङ्देन

पदम लिङ्देन (संकल्प) – दमकको सामाजिक तथा सहकारी क्षेत्रमा चिनिएको नाम हो । २०५३ सालदेखि दमक १ स्थायी वसोवास गरिआएका ४३ बर्षिय लिङ्देन सहकारी,धार्मिक संस्थासहित दमककै प्रतिष्ठीत एक सञ्चारमाध्यमका सञ्चालक लगायतका जिम्मेवारीमा छन् । किरात...

‘कमलकै नमुना वडा बनाउने अभियानमा छौं ’

डम्बर बहादुर निरौला झापा, कमल गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रसंगै सहकारीमा नेतृत्यदायी भूमिकामा सक्रिय निरौला वडाध्यक्षमा निर्वाचित भएपछि हिजोआज वडाका विकास निर्माण तथा जनताका सुखदुखमा केन्द्रीत रहिआएका आउनुभएको छ...

गौरादहको खानेपानीलाई नमुना खानेपानी बनाउन सकिन्छ – देबेन्द्र खड्का (सचिव पदका उम्मेद्धार गौरादह खानेपानी)

झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागी यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समुह र प्रगतिशिल समूह वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा लोकतान्त्रिक समूहको तर्पmबाट...

केही सपना अधुरै छन्, म पुनः उम्मेदवार भएको छुः बाबुराम भण्डारी

  झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागि यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समूह र प्रगतिशिल समूह बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रगतिशील समूहले प्यानल घोषणा गरेर अगाडि...

‘पर्यटन प्रर्वद्नन गर्न महोत्सवलाई निन्तरता दिएका हौं’

सुधिर प्रधान दमकको होटल व्यवसायी भित्र चिनिएको नाम हो । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधान होटल व्यवसायी संघ दमकले चार दिन पछि गर्न लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ का...

मलाई गरिबीले होइन, गलाले आइडल बनायो जुनमा प्रमाणित गर्नेछु: रवि

सुदूरपश्चिम, धनगढीका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत...

‘पुस्तक प्रकाशन गरेर आश्रित छु’

झापा, मेचीनगर– ६ बर्मेली टोल निवासी नन्दकुमार लिम्बु (नेम्बाङ्ग )धार्मिकसंगै कृति लेखकका रुपमा चिनिन्छन् । ‘साधु कुमार’ उपनामले पनि चिनिने लेखकले हालसम्म आधा दर्जन पुस्तकहरु वजारमा ल्याएका छन् । २०६० सालदेखि कृति लेखन कार्य शुरु...

कुराकानी: हाम्रो असन्तुष्टि सरकार संग हैन उसको ब्यवहारसंग हो: बहुल राष्ट्रिय मोर्चा लिम्बुवान अध्यक्ष

पूर्वी जिल्ला ताप्लेजुङको श्री जङ्गा गाउँपालिका खेबाङमा बुवा स्व. तिल विक्रम साम्यो र स्व बिमला खेबाङ (साम्यो) को कोखबाट कान्छो सन्तानका रुपमा जन्मिएका लाजेहाङ साम्यो विगत १२ वर्ष देखि राष्टी«य मुक्ती आन्दोलनमा आवद्ध छन...