दमकमा कर्मचारी नियुक्तिमा पक्षपात भएको भन्दै आलोचना

विज्ञापन देखेर अन्य सर्वसाधारणहरुले धेरै संख्यामा प्रतिस्पर्धा गरेका भएपनि नतिजामा त्यस्तो प्रत्यक्ष प्रभाव देखिएको एक प्रतिष्पर्धीले दावी गरेका छन् ।

हाम्रो दमक

दमक,१३ असार । झापाको दमक नगरपालिकाले खुलाएको हरेक कर्मचारी आवश्यकतामा सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरुले प्राथमिकता पाउदै आएको पाइएको छ ।  नगरपालिकाले हालै छनौट गरेको स्वास्थ्य शाखा अन्तर्गत स्वास्थ्य कर्मचारीहरु माग गरिएको नतिजामा त्यस्तो देखिएको पाईएको हो । विज्ञापन देखेर अन्य सर्वसाधारणहरुले धेरै संख्यामा प्रतिस्पर्धा गरेका भएपनि नतिजामा त्यस्तो प्रत्यक्ष प्रभाव देखिएको एक प्रतिष्पर्धीले दावी गरेका छन् ।

नगरपालिकाको खुल्ला तथा समावेशी पाँचौं तह स्टाफ नर्समा माग गरिएको ६ वटै पदका लागि गत असार ४ गते लिइएको अन्तवार्ताका लागि छनौट भएका ११ जना मध्ये सबै निर्वाचित जनप्रतिनिधि र सत्तारुढ नेकपाका नातेदारहरु उत्तिर्ण भएका हुन् । यस्तो नतिजा बाहिर ल्यए लगत्तै सामाजिक सञ्जालहरुमा त्यसको तीव्र आलोचना हुदै आएको छ ।

सत्तारुढ नेकपा नगर अध्यक्ष बोधप्रसाद घिमिरेदेखि उपप्रमुख गीता अधिकारी सम्मका नातेदारहरुले स्टाफ नर्सको जागिर खान सफल भएका छन् । उनीहरुलाई योग्यता,क्षमता भन्दा राजनीति प्रभावले अवसर पाएका प्रतिष्पर्धीमा सहभागि एक जनाले नाम उल्लेख नगर्ने सर्तमा वताईन् ।

स्रोतका अनुसार नेकपाका नगर अध्यक्ष घिमिरेले छोरी शिखालाई स्टाफ नर्समा जागिर लगाएका छन् । यस्तै दमक ८ का वार्ड अध्यक्ष पशुपति गौतमले बुहारी सुशिला निरौला,नगर उपप्रमुख गीता अधिकारी पौडेलले भदाकी बुहारी कमला पौडेललाई र नेकपा निकट व्यवसायी संघका अध्यक्ष धुब्र भटटराईकी छोरी सविनालाई समेत नियुक्ति दिइन् । यस्तै हेल्थ असिस्टेन्टमा जागिर लगाइएकी पुष्पा अल्का निरौला भने तत्कालीन नेकपा एमालेका सचिव तुलसी निरौलाकी छोरी हुन् ।

नगरपालिकाको प्रमुख नेतृत्वमा बसेका ब्यक्तिहरुले नै आफन्तलाई जागिर दिन थालेपछि अन्य राजनीतिक ब्यक्तिहरुले समेत विरोध जनाएका छन् । समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङले फेसवुक मार्फत राजनीतिक नेतृत्वको बेइमानीको बिरोध गरेका छन् ।
यसरी दमक नगरपालिकामा जनप्रतिनिधिहरुले आफना र आफना पार्टीलाई मात्र रोजगारी दिएपछि चौतर्फी बिरोध सुरु भएको छ । नेकपाबाटै निर्वाचित एक जनप्रतिनिधीका अनुसार पटक पटक अनियमित काम नगर्र्न दबाब दिएपनि नेतृत्वले सुनुवाइ गरेनन् । हामीले सचेत गरेका हौ, तर मानेनन्, उनले भने, –‘सर्वहारा, दलित तथा आदिवासी जनजातिलाई अवसर दिइनुपर्नेमा आफै खोसेर खादैआएका छन् । ’

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...