दुई करोड ९४ लाख लागत स्टमेटमा तीनतले पर्यापर्यटन


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार १२, २०७६


  • अनिल वाग्ले

    बुधबारे । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ ।

    सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । गुरु योजना अनुसार कार्य सम्पन्न गर्न दुईकरोड ९४ लाख लाग्ने तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईले जनाएका छन् ।

    उनले सो क्षेत्रमा भौगोलिक हिसाबले सम्भावना देखेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जनाएका छन् । ‘यस क्षेत्रलाई दीर्घकालीन फाइदा पुग्ने गरी पर्यापर्यटन क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना छ’– राईले भने ‘यस भेगमा रहेका उपभोक्ताको आर्थिक अवस्था कमजोर रहेको र यसकुराले उनीहरुको आर्थिक जीवन स्तर माथि उठ्ने अपेक्षा राखिएको छ ।’

    गूरु योजना तयार गर्न र कार्य अघि बढाउन तीनतले पर्यापर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ । समितिको संयोजकमा छत्रबहादुर तिम्सिना, सदस्यमा इन्द्रदेव यादव (रोङ सव–डिभिजन वन कार्यालय, इलाम), भीमकुमार नेवार (वडाध्यक्ष वडा नम्वर १, बुद्धशान्ति), चन्द्र कोइराला (उद्योग वाणिज्य संघ बुधबारे) र सदस्य सचिवमा वन समिति सचिव छत्रकुमारी फुँयाल रहेका छन् ।

    सो क्षेत्रको विकासका लागि विभिन्न तहमा प्रस्ताव पेश गरिएको संयोजक तिम्सिनाले जनाएका छन् । ठूलो योजना रहेकाले सबै पक्षसँग सहकार्य आवश्यक भएको बताउँदै संयोजक तिम्सिनाले सबै मिले मात्र योजना सफल हुने बताए ।

    सो क्षेत्रमा वन वाटिका, झोलुङ्गे पुल, भ्यूटावर, पर्यटक पदमार्ग, पीकनिक स्पट, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, जढीबुटी तथा वनस्पती संरक्षण केन्द्र, ड्रयाम सहितको पोखरी, सिंहदेवी थान मन्दिर, सम्भावी पाथिभरा देवी थान लगायतका आकर्षण रहने छन् । झोलुङ्गे पुल र ड्यामको लागत भने स्टमेटमा समाबेश नभएको संयोजक तिम्सिनाले बताए ।

    यसैबीच बुद्धशान्ति गाउँपालिकाले शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानलाई प्रदान गरेको ५ लाख रुपैंयाबाट पार्क तथा वालबाटिका निर्माणको कार्य शुरु भएको संयोजक तिम्सिनाले बताए ।

    तीनतले पर्यापयटन क्षेत्र करीव ८ हेक्टर क्षेत्रलाई समेटेर निर्माण गर्न लक्ष्य राखिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology