माइपश्चिमका आधा दर्जन स्थानीय तहको वजेट सार्वजनिक

जिल्लाको दमक, गौरादह,शिवसताक्षी नगरपालिका र कमल,गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहितको वजेट सार्वजनिक गरेका हुन् । दमक नगरपालिकाले रु १ अर्व ४५ करोड ४१ लाख ३५ हजार प्रस्तावित बजेट सार्वजनिक गरेको छ । बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक तथा उपप्रमुख गीता अधिकारीले वजेट प्रस्तुत गरिन् ।

हाम्रो दमक

दमक,१० असार । झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन स्थानीय तहले आज एकैसाथ वजेट सार्वजनिक गरेका छन् ।  जिल्लाको दमक, गौरादह,शिवसताक्षी नगरपालिका र कमल,गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहितको वजेट सार्वजनिक गरेका हुन् ।
दमक नगरपालिकाले रु १ अर्व ४५ करोड ४१ लाख ३५ हजार प्रस्तावित बजेट सार्वजनिक गरेको छ । बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक तथा उपप्रमुख गीता अधिकारीले वजेट प्रस्तुत गरिन् ।


सार्वजनिक गरिएको वजेटमा आन्तरिक स्रोततर्फ रु ३३ करोड १४ लाख,संघीय सरकारको अनुदान रु ६७ करोड ५६ लाख र प्रदेश सरकारको रु १४ करोड ३२ लाख रहेको छ । बजेटले सवैभन्दा धेरै भौतिक विकासलाई प्राथमिकता दिएको छ ।
यस्तै सभाले आगामी बर्षमा सवैका लागि सबै, कोही एक्लो छैन भन्ने अभियानका लागि नगर प्रमुख र उपप्रमुख कोषमा रु ५० ,५० लाख र रोजगार कोषमा रु ४५ लाख विनियोजन गरिएको छ । यस बाहेक नगरले ‘नैतिक शिक्षा आजको आवश्यकता, कृषिमा प्रोत्साहन,–विद्युतमा अनुदान, बालीमा विषादी–जीवनको बर्वादी, दमकका महिला उद्यममा पहिला, घरमा जे पकाइन्छ स्कूलमा त्यहि खाइन्छ’ जस्ता अभियानका लागि समेत बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा विनियोजन ऐन तथा आर्थिक ऐन २०७६ प्रस्तुत गरिएको छ । यस्तै नगरले नयाँ कर सम्बन्धी कवाडी कर र प्रदुषण कर ल्याएको छ । बजेट र ऐन माथि आगामी असार १८ गते सुझाव तथा संशोधन गरिने नगरका प्रमुख तथा सभाका अध्यक्ष रोमनाथ ओलीले बताए ।
यसैगरि, गौरीगञ्ज गाँउपालिकाले आर्थिक बर्ष २०७६।७७ का लागि कुल रु ३४ करोड ९३ लाख ५३ हजारको वजेट सार्वजनिक गरेको छ । चौथो गाँउसभाले नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले वताए ।
गाँउपालिका उपाध्यक्ष दिपिन्द्र थापाले चौथो गाँउसभामार्फत नीति तथा कार्यक्रम सहितको वजेट सार्वजनिक गरे । सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा वजेटले गौरीगञ्ज क्षेत्रको समग्र सडक, पुल कल्भर्ट निर्माण, भन्सार कार्यालयलाई स्तरन्नति गर्ने तथा यस क्षेत्रका वासिन्दाको जीवन स्तर उकास्न कृषि, शिक्षा, स्वास्थ्य, पशुलगायत क्षेत्रको प्रर्वद्धनमा जोड दिईएको छ ।
गाँउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगञ्जवासीको दिगो विकासमा रुपान्तरण ल्याउने योजनाका साथ गाँउपालिका अगाडि बढेकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।
यसैगरि गौरादह नगरपालिकाले पनि आजनै रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न चौथो नगर सभामा नगर प्रमुख रोहित कुमार शाहले नीति तथा कार्यक्रम र उपप्रमुख गिता भेट्वालले वजेट प्रस्तुत गरिन् । वजेटले गौरादहको दिगो विकासमा जोड दिईएको प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

कमलको वजेट रु ६२ करोड बढी

कमल,३० असार । झापाको कमल गाँउपालिकाले आर्थिक बर्ष २०७६।७७ का लागि करिव रु ६२ करोड २९ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा सोमबार एक कार्यक्रम गरि वजेट, नीति तथा कार्यक्रम...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

पाडाजुँगीमा आँखीझ्याल रेष्टुरेन्ट सञ्चालनमा

दमक,२८ असार । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुँगीमा शनिवरदेखि आँखीझ्याल रेष्टुरेँन्ट सञ्चालनमा आएको छ । स्थानीय सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित युवा व्यक्तित्व हुकुमसिंह राईले सञ्चालनमा ल्याईएको सो रेष्टुरेँन्टको औपचारिक रुपमा...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...

थेगिमसहित सहित चार जना पक्राउ

दमक,२७ असार । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।दमक १ स्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको...