देशले हारेको युद्ध


प्रकाश निरौला, बुद्दशान्ती
  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६


  • लेख्न त मलाई पनि मन थियो
    देशको बारेमा कविता
    कि इतिहासमा कहिल्यै पराजित नभएको देश
    सगरमाथाको देश , बुद्धको देश
    अहिंसाको देश , मन्दिरै मन्दिरको देश
    जब म कविता लेख्न बस्छु,
    आँखै अगाडि निर्मला पन्त उभिन्छिन्
    च्याप्प मेरो नाडी समाएर भन्छिन् ,
    ” दाजु ३०० दिन बितिसक्दा पनि मैले अझै न्याय पाएकी छैन ।”
    अहँ लेख्न सकिँन मैले देशको बारेमा कविता

    प्रकाश निरौला, बुद्दशान्ती

    यहाँ बालक आफ्नै आमाको हातबाट काटिन्छ
    झाँक्रीद्वारा बली चढाइन्छ भविस्यका कर्णधार
    भविस्य बनाउन बिदेशीएको छोरो बाकसमा भरिएर फर्कन्छ
    छाउघरमा अझै बर्षन्छ रगत र आँसु मिसिएको झरी
    बिच बजारमा छ्यापिन्छ एसिड र जलाइन्छ सुन्दर सपनाहरू
    जहाँ अझै पड्किन्छ बम
    बुद्धको देश भनेर म कसरी लेखुँ ?
    मेरा हात थर्र काँप्छन् , म सक्दिनँ लेख्न देशको बारेमा कविता

    आजसम्म कसैसंग युद्ध नहारेको मेरो देश
    आज आफैंभित्र थुप्रै युद्ध हारिरहेको छ

    सिमानामा एउटा सिपाही देशभत्तीको गोली लागि ठाउँको ठाउँ ढल्दा,
    त्यहाँ एक मामुली सिपाही मात्र ढल्यो वा देश ढल्यो ?
    बर्षेनी खोलामा बाढी आउँदा,
    त्यहाँ मधेसी बस्ती मात्र डुब्छ वा देश डुब्छ ?
    हरेकसाल पहाडमा पहिरो जाँदा
    त्यहाँ दुर्गमका जनता मात्र पुरिन्छन वा देश पुरिँन्छ ?
    बिच बजारमा निर्दोष युवतीमाथी एसिड छ्यापिँदा,
    त्यहाँ एक युवतीको मात्र अनुहार कुरुप भयो वा देशकै अनुहार कुरुप भयो?
    अझैसम्म हाम्रा आमा दिदीबहिनीहरू छाउगोठमै मर्दा,
    त्यहाँ रजस्वला भोगिरहेका महिलाहरू मात्र मर्छन् वा देश मर्छ?

    हाम्रो देशमा बर्षमा १३ जना छाउघरमा मर्नु भनेको,
    देशले बर्षमा १३ वटा युद्ध हार्नु होइन र?
    अब भन्नुस बर्षमा १३८० जना चेली बलात्कृत हुनु भनेको?
    ६४१५ हत्या हुनु भनेको?
    अनि ३६५ दिनमा ५६ दिन चाहिँ बन्द नै हुनु चाहिँ?

    माननीय मन्त्रीज्यु तपाइँ भन्नुहुन्छ
    कि नयाँ युग आएको छ
    देशमा बिकास र समृद्धिले फड्को मारेको छ
    शान्ति र सुरक्षा कायम छ देश सुन्दर बनेको छ
    तर मेरा आँखाले यतिबेला
    देश असाध्यै कुरुप देखेको छु
    मैले कतै समृद्धि देखिँन, बिकास देखिँन
    भ्रष्टाचार देखेँ, बिनास देखेँ
    शान्ति र सुरक्षा त म जन्मेर आजसम्म
    यत्तिका बर्षमा कहिल्यै भोग्न पाँइन

    माननीय मन्त्रीज्यु
    मलाइ तपाइँको चस्मा सापट चाहिएको छ
    सायद त्यो चस्मा लगाएपछी नआउलान्
    हज्जारौं निर्मला पन्तहरू मेरो कलम खोस्न
    सायद त्यो चस्मा लगाएपछी
    देश तपाइँले भनेजस्तै सुन्दर देखिएला
    सायद त्यो चस्मा लगाएपछी नदेखिएला
    देशले हारेका युद्धहरू

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology