दमकको आस्था कलेजलाई दुई राष्ट्रिय अवार्ड

  • प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६



  • दमक,१० असार । चार वर्षअघि आइएसओ पाउन सफल दमक ४ मा रहेको आस्था कलेज अफ मेनेजमेन्टले यसवर्ष देशकै उत्कृष्ट दुई वटा अवार्ड पाएको छ । देश भरिका मेनेजमेन्ट कलेजहरुको शैक्षिक गुणस्तर मापन गरि ‘विस्कुल रेटिङ रेन्किङ्ग अवार्ड’बाट आस्था कलेजले उत्कृष्ट पाँच र वेष्ट विजीनेस स्कुलबाट एक नम्बर प्रदेशकै अवार्ड पाउन सफल भएको हो ।


    न्यू विजीनेस एज र आर्थिक अभियानले वर्सेनी वितरण गर्दे आएको उक्त अवार्डका लागि देशभरिका १८३४ कलेजले सहभागिता जनाएका थिए । अवार्ड पाउन विद्यार्थीको नजिजा,मेनेजमेन्टको अवस्था, भौतिक पूर्वाधार,विद्यार्थी पासआउटको अवस्था, रिसर्च लगायतका विभिन्न ११ वटा मापदण्ड तय गरेको जनाईएको छ ।
    आज दमकमा कलेजले पत्रकार भेटघाट कार्यक्रम गरि अवार्डका बारेमा जानकारी गराएको थियो । उक्त अवार्ड गत असार ६ गते काठमाण्डौमा एक कार्यक्रम गरि आयोजकले वितरण गरेका थिए ।
    कलेजका प्रमुख टेकनाथ भण्डारीले गतवर्षदेखि उत्कृष्ठ दशको सूचिमा परेको यस अवार्ड यसवर्ष भने उत्कृष्ठ पाँचमा छनौट हुन सफल भएको जानकारी दिए । उनले मेनेजमेन्ट संकायको पठनपाठनका लागि यस कलेज देशकै उत्कृष्ठ शैक्षिक गन्तव्य वन्न सफल हुदैगएको दावी गरे । शैक्षिक क्षेत्रमा पाएको यस अवार्ड कलेजको मात्र नभएर दमकका लागिनै गौरवको विषय भएको उनको भनाई थियो ।
    २०६४ सालमा स्थापित उक्त कलेजमा अव मेनेजमेन्ट संकायको सवै विषयको पठनपाठन सञ्चालन गर्न लागिएको प्रमुख भण्डारीले वताए । विहान कलेज र दिनमा भने कलेजकै एकता एकाडेमी सञ्चालन हुदैआएको छ । कलेजमा हाल ३ सय विद्यार्थी र १८ अध्यापक कार्यरत रहेका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology