वडा कार्यालयद्धारा गौरीगञ्ज वजारमा डस्विन वितरण

  • प्रकाशित मिति : सोमवार, असार ९, २०७६



  • गौरीगञ्ज ९ , असार। गौरीगंज वडा नं ३ वडा कार्यालयलले चोक तथा बजारक्षेत्र सरसफाई राख्न डस्टबिन वितरण गरेको छ ।गौरीगञ्ज बजार तथा चोक क्षेत्रमा प्लाष्टिकजन्य अन्य फोहर वस्तुहरुलाई संकलन गर्न डस्टबिन वितरण गरिएको वडा नं ३ का वडा सचिव सन्तोष कुमार मिश्रले जानकारी गराए ।


    पसलबाट बिक्रि गरिने गुट्खा, शुर्ती, बिस्कुट, कार्टुन लगायतका खोलहरु जथाभावी रुपमा फालिंदा चोक तथा बजार क्षेत्र फोहर भई दुर्गन्धित हुन सक्ने सम्भावना भएकाले सफा बजार बनाउने उद्देश्यले डस्टबिन वितरण गरिएको वडा नं ३ का वडा सदस्य सरिता शेर्पाले बताइन् ।
    वडा कार्यालयले १ लाख रुपैयामा १ सय ५० वटा डस्टबिन खरिद गरि प्रत्येक पसल अगाडि पसल धनीलाई रेखदेख गर्ने गरि जिम्मा लिने शर्तमा वितरण गरिएको जनाईएको छ ।
    वडा नं ३ का वडाध्यक्ष मखना महतो गैदारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा गौरीगंज माविका प्रधानाध्यापक गोविन्द प्रसाद घिमिर, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख टेकेन्द्र सर्मा पौडेल, ज्ञानोदय आवाशीय माविका प्रधानाध्यापक कल्पना थापालगायतले बजार क्षेत्रको सरसफाई र डस्टबिन वितरणको औचित्यमाथि प्रकाश पारेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology