कांग्रेसद्धारा गौरादह नगरपालिकाको ध्यानाकर्षण

हाम्रो दमक

गौरादह ९ , असार । नेपाली काँग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिका कार्यालयमा भएको ढिलासुस्ती, अनियमितता, भ्रस्टाचार र नगरबासीमा भएको समस्याको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस गौरादह नगरसमिति नगर सभापति यादवराज सेडाईको नेतृत्वको टोलीले नगरप्रमुख रोहित कुमार शाहलाई नगरपालिकाको काम छिटो छरितो र पारदर्शी हुनुपर्ने माग राख्दै आइतबार ध्यानाकर्षण बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाएपछि आज गौरादहमा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारहरु माझमा पार्टीले बुझाएको ज्ञापनपत्रको बारेमा जानकारी गराएको छ । काँग्रेसले सम्पूर्ण ढिलासुस्ती, अनियमितताका विषयमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न छानबीन समिति गठन गरि एक महिना भित्र प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ ।

विवादित प्रशासकीय अधिकृत सागर मिश्र, प्राविधिक शाखाका इन्जिनियर सचिन क्षेत्री तथा लेखाका कर्मचारी राम प्रसाद दाहालको नाम उल्लेख गरेर उनीहरुको राष्ट्र सेवकको भूमिका मर्यादित नभएको, कर्तव्यबाट च्युत भएको भन्दै अपारदर्शी जवाफदेहीविहीन कर्मचारीलाई स्पष्टीकरण सहित निलम्बन गर्न समेत माग गरिएको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...