बिर्तामोड नगरपालिकाका मेयरलाई ३० लाख क्षतिपूर्ति


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, असार ९, २०७६


  • विर्तामोड । सरकारले बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ।

    स्थानीय आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई मन्त्रिपरिषद्को निर्णयबाट ३० लाख दिइएको हो।

    यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट लक्ष्मी काफ्लेले लेखेका छन्।

    स्थानीयको घरमा खेल्न गएका अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटी नजिकै पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए।

    सरकारी गाडी नगरपालिकाले बनायो। निजी गाडीको बिमा लिएको मेयरका छोरा छोरा नेपालरत्न नै स्वीकार्छन्। तर, चार लाख ५० हजारको बुलेट मोटरसाईकलको बिमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट मेयर ३० लाख लिँदैछन्।

    मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थले मेयरलाई दिने रकम गृहमा पठाइसकेको छ। तर, सरकारले गरेको यो निर्णयको झापाका नेकपाकै कार्यकर्ताले बिरोध गरेका छन्।

    नेकपाका कार्यकर्ता उमेश खतिवडा प्रश्न गर्छन्, ‘घरको बढीमा ६० हजारको सिसा फुट्यो होला, गाडी र मोटरसाईकलको क्षति त बिमाले बेहोर्छ नि, राज्यबाट मेयरलाई ३० लाख सहयोग किन ?’

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology