अमेरिका भन्छ: नेपालमा इसाई धर्म निकट संस्थाले हैन, हिन्दू राज्य बनाउन भाजपाले पैसा बाँडेको छ


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६


  • काठमाडौं, ८ असार । विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाले पहिलो पटक आफ्नो विदेश नीतिमा धार्मिक मुद्दालाई जोड दिएको एउटा प्रतिवेदन तयार पारेको छ । जहाँ नेपाल सन्दर्भमा भारतीय संस्थापन भारतीय जनता पार्टीले हिन्दू राज्य बनाउनका लागि खर्च गरेको आरोप पनि लगाइएको छ ।

    हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राज्य हुनसक्ने बताएका थिए । नेपालका पत्रकारको एउटा टोलीसँगको संवादमा उनले त्यसो बताएका थिए ।

    तर, त्यो भन्दा अघि नै शुक्रबार अमेरिकी सरकारको एउटा प्रतिवेदनले नेपालमा भारतीय जनता पार्टीले हिन्दु धर्मका लागि खर्चालु व्यवाहार गरेको उल्लेख छ । रिपोर्ट अन इन्टरनेशनल रिलिजियस फ्रिडम– २०१८ मा यस्तो उल्लेख भएको विवरणहरू सार्वजनिक भएका छन् ।

    उसले भनेको छ,‘भाजपाले नेपालका सवैजसो राजनीतिक दलका नेताहरूलाई पैसा दिएको छ ।’

    नेपालमा इसाई धर्म निकट संघसंस्थाले पैसा बाँडेको भनी विरोध भइरहेका बेला अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदन ठ्याक्कै उल्टो छ ।

    अमेरिकी विदेशमन्त्री माइक पम्पेओले सन् २०१८ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मका घटनाक्रमका आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेका थिए । विश्वभरका घटना समेटिएको अमेरिकी प्रतिवेदनमा नेपालसम्बन्धी प्रसंग १४ पृष्ठमा दिइएको छ ।

    सो प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री पम्पेओले धर्मका आधारमा कतिपय मुलुकमा जेल पठाइनुका साथै हत्यासमेत भएको जनाएका छन् । उनले ट्रम्प प्रशासनले धार्मिक स्वतन्त्रतालाई पहिला कहिल्यै नभएको विदेश मामिलाको एजेन्डाका रुपमा अहिले प्रवर्धन गरेकोसमेत उल्लेख गरेका छन् । दैनिक नेपाल

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology