पाँचौ सभामा दमकको नीति तथा कार्यक्रम पेश

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • दमक,८ असार । झापाको दमक नगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । आज आईतबारदेखि शुरु भएको सभाको पहिलो दिन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६। ०७७ को नीति तथा कार्यक्रम पेश भएको छ ।


    नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षता र प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा भएको सभामा उपप्रमुख गीता अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
    नीति तथा कार्यक्रममा दमक नगरपालिकामा कम्तिमा २० प्रतिशत वन क्षेत्रको भुभाग कायम गर्न प्रत्येक वर्ष १० हजार बिरुवा हुर्काउने कार्यक्रम समेटिएको नीति तथा कार्यक्रममा नगरको सौन्र्दयकरण र वृक्षारोपण कार्यक्रमका लागि एक घर, एक फलफूलको विरुवा तथा ठाउँ नभए १० गमलामा फूल रोप्ने नीति पनि उल्लेख छ ।
    दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा भुटानीहरुको सांस्कृतिक पहिचान सहितको संग्रालय निर्माण, दमक–८ मा बहुजातिय संग्रहालय, मठ, मन्दिर, ग्रामथान, गुम्बा, महाराजथान, माङ्हिम, मदरसाहरुको संरक्षण लगायतका कार्यक्रम पनि नगरको नीति तथा कार्यक्रममा रहेका छन् ।
    नगरसभाका सहभागी सभासद् सदस्यहरुले बिभिन्न योजना, नीति कार्यक्रम तथा कार्यसम्पादनका बारेमा जिज्ञासा तथा माग प्रस्तुत गरेका थिए । सभाको प्रारम्भ पछि सभाषदहरु श्याम कार्की,लक्ष्मी दाहाल, कृतिका भट्टराई, सुकदेव लुईटेल,देवी बिक, बुधमाया गजमेर,नरेस सुनुवार लगायतले नीति तथा कार्यक्रमका सम्बन्धमा आ आफना सुझाव राखेका थिए । सभासदहरुको सुझाव पछि अन्तिम रुप दिएर सभा बस्ने गरि सभा स्थगित भएको थियो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology