एक बालकसहित दुई जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • झापा, ८ असार । जिल्लाको गौरादह र भद्रपुरमा एक बालकसहित दुई जनाको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह नगरपालिकामा पानी जमेको खाल्डोमा परी गौरादह ८ बस्ने तेजबहादुर बोहराको १० वर्षीय छोरा प्रज्वल बोहराको शनिवार मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा स्थानीयले बालक प्रज्वललाई फेला परेका थिए। डुबेर बेहोस भएका बालकलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।
    त्यस्तै भद्रपुर नगरपालिका १ स्थित बेभरी गौतमको घरमा सप्ताह महापुराणमा गएका बिर्तामोड नगरपालिका ४ बस्ने ४० वर्षीय अमृत आचार्यको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार राती ११ बजे ट्युवलमा पानी चलाउने क्रममा बिजुलीको तार सर्ट भई आचार्यलाई करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका आचार्यको उपचारको क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology