मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६



  • बिर्तामोड, असार ८ । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् ।  काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै आचार्यले मिस ग्रेस टिन झापाको ताज पहिरिएकी हुन् ।


    मिस ग्रेस टिन झापाको उपाधिसँगै आचार्यले मिस ट्यालेन्टको उपाधि समेत प्राप्त गरिन् ।  त्यस्तै प्रतियोगिताको फस्ट रनरअप र मिस कन्फिडेन्टको उपाधी बिर्तामोड ३ की अलिसा पोखरेलले प्राप्त गरिन् भने सेकेण्ड रनरअप र मिस क्युपिड फोटोजेनिकको उपाधी बिर्तामोड २ की रोश्नी राईले प्राप्त गरिन् ।
    त्यसैगरि प्रतियोगितामा मिस मल्टिमिडिया , मिस भ्युवर च्वाइज र मिस इन्टलेक्च्वल मनिसा गौतम , मिस डिसिप्लेन शिखा चापागाईं ,मिस पङच्वल आशा खतिवडा ,मिस वेस्ट स्माइल लोजिना लिम्बू ,मिस वेस्ट हेयर नेहा मण्डल , मिस वेस्ट स्कीन झरना श्रेष्ठ , मिस फ्रेण्डली कृति सहनी , मिस पर्सनालिटी दिप्सना दुलाल ,मिस स्टाइल डिभा सेजल पाण्डे , मिस क्याटवाक युनिसा मगर ,मिस ब्युटिफुल सञ्जिला सुवेदी घोषित भए ।
    प्रतियोगिताको निर्णायकहरुमा रङ्गकर्मी माधव कल्पित खतिवडा , अधिवक्ता कविता शर्मा ,सञ्चारकर्मी लिला अनमोल , गोल्डमेडलिष्ट राम दाहाल , युग गौतम रहेका थिए ।
    नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य तथा ग्रेस इभेन्ट झापाकी अध्यक्ष कृतिका शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रेस इभेन्टका सिइयो सुरज थापा , ग्रेस इभेन्ट झापाका अभिषेक निरौला , विजय केशी , युवा व्यवसायी रमेश चौधरी, गायक वेनुप सुनुवार लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको कोरीयोग्राफर एलिसा अधिकारीले गरेकी थिइन् । सांस्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमको सञ्चालन सेलिसा उप्रेतीले गरेकी थिइन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology