मध्य पूर्वको ओमनमा विश्वभरीका एनआरएनए अभियन्ताहरुको बृहत्त भेला हुँदै

हाम्रो दमक

ओमन | गैर आवासीय नेपाली संघ (एनआरएनएन ) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए अभियन्ता आउनुहुने भएको छ ।

मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनिससी अर्थात आइसिसीमा सचिव पाएको ओमनको अधिवेशनमा विश्वभरीका केन्द्रीय नेताहरुको हुन लागेको आवागमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । हालका सचिव डिवी क्षेत्रीको बसोबास गर्ने देश भएका कारण र मध्य पूर्वले राम्रो नेतृत्व पाइरहहेको बखतमा ओमनको एनसिसी अधिवेशन क्षेत्रीय सम्मेलनको झझल्को दिने देखिन्छ । किनकी एनसिसी अधिवेशनमै एनआरएनएनका केन्द्रीय नेतादेखि अभियन्ता सम्मको सहभागिताले सबैको ध्यान केन्द्रित गराउने भएको छ ।

एनआरएनए ओमनका अध्यक्ष दिपक श्रेष्ठका अनुसार सम्मेलनमा सयौंको संख्यामा अतिथिहरुको सहभागिता रहने भएको छ । अहिलेसम्म एनआरएनएन आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएनएन अमेरिकाज् क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आर के शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, एनआरएनए मध्य पूर्व सहसंयोजक गोपाल कँडेल र प्रवीण गुुरुगं, एनआरएनए आइसिसी सदस्यहरु चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, मध्य पूर्वका पूर्व संयोजक नरेन्द्र भाट, एनआरएनएन आइसिसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आइसिसी सदस्य विमल सुुवेदी, विनोद भट्राई, एनआरएनए मध्य पूर्व सहसंयोजक राजु सायाद, एनआरएनए आइसिसी सदस्य अमित राई, आइसिसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियबाट गोविन्द सुवेदी, बहराईनबाट दुुर्गा गिरी, कुवेतबाट शर्मा राज गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी आउने टुंगो लागिसेको छ । अधिवेशन यही जुन २८ तारिखमा ओमनमा हुन लागेको हो ।

हाल आइसिसी सचीव रहँदै आउनुुभएको डिवी क्षेत्री बसोबास गर्ने देशको हिसावले ओमनबाट यो पटक महाविधेशनको लागि चुनावी माहौल सृजना हुने देखिएको छ । सचिव डिवी क्षेत्री महासचिवको बलियो दाबेदार रहीरहँदा ओमनमा क्षेत्रीको प्रभावलाई लिएर विश्वभरीका एनआरएनएन भेला हुनुले निकै अर्थ राख्ने देखिन्छ ।

सचिव क्षेत्रीले आफैले आधिकारिक रुपमा महासचिवको उम्मेदवार नभने पनि मध्यपूर्व र एनआरएनएको भलो चाहानेले निस्वार्थ सहयोग गर्ने माहोल बन्दै गएको चर्चा छ । ओमानको अध्यक्ष दुई कार्यकाल बिताउँदै दुतावास स्थापना गर्ने काम देखि सम्पूर्ण एनआरएनए को इतिहासमा मजदुरका सामाजिक सुरक्षाका बारेमा अग्रिम भूमिकामा रहेर सरकारले पनि उहाँका मुद्दाहरुमा मनन गरेको देखिन्छ । जस्तै, हजारे अभियान ,अनलाइन सिस्टम दुताबासबाटै पुनः श्रम स्वीकृति, तालिम अनिवार्य, सिन्धुली गढी जस्ता कार्यक्रम लिएर एकोहोरो काम गरी रहने स्वभाव भएकाले क्षेत्रीको महासचिवमा प्रबल दावेदार मानीएको छ । यो भेलालाई केहि न केही कनेक्सन र चुनावी सरगर्मी रणनीतिक हिस्साको रुपमा मानिएको छ । मध्यपूर्वले अरु पदमा विभाजन भए पनि डि बि क्षेत्रीको उम्मेदवारीमा विभाजित नहुने मनशाय बनाएको धेरै मध्यपूर्वका अभियन्ताहरु बताउँछन् ।

क्षेत्रीलाई सम्पर्क गर्दा भन्नुुभयो, हामी कार्य समितिमा छौं, अहिले नै हामीले हतारो गर्न हुँदैन । आवश्यक विद्यावरिधी गर्न माथिल्लो कक्षा पढ्नैपर्यो, मैले सोचेको छु तर एनआरएनए चुनाव देखि चुनावसम्म मा सीमित राख्नु हुँदैन जिम्मेवारी छन् ती पूरा गर्नु छ ।

त्यस्तै, आगामी अक्टोवरमा हुन गइरहेको महाधिवेशनमा अहिलेसम्म अध्यक्षमा कुुमार पन्तको उम्मेदवारी दिने पक्कापक्की भएको देखिन्छ । हालका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भनीएको भए पनि आधिकारिक रुपमा भने सार्वजनीक गर्नुभएको छैन । यो पटक पन्तलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ भने महासचिवमा मध्य पूर्वबाट हजारे अभियानका अभियन्ता समेत रहनुभएको डिवी क्षेत्रीलाई सर्वसम्मत गर्न मध्यपूर्वबाट पूरै साथ र सहयोग मिल्ने देखिन्छ । त्यस्तै, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा आर के शर्माको दावेदारी रहँदै आएको छ । जोशी र शर्मा पनि अधिवेशनमा सहभागि हुँदैहुनुहुन्छ ।

आइत, असार ८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

रुपन्देही सेवा समाज इजरायल बार्षिक उत्सब गर्दै

इजरायल । रुपन्देही सेवा समाज इजरायलले चौथो बार्षिक उत्सब तथा साधारण सभा गर्ने भएको छ । जिल्लाको समग्र बिकासको निम्ति सम्पुर्ण रुपन्देही बासी एक हौ भन्ने मूल नाराका साथ स्थापना गरिएको समाजले यहि जुलाई १२...

‘सलिसाम ’कतारको अध्यक्षमा रेखा राई निर्वाचित

झापा,२३ असार । प्रवासमा रहेको संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको अध्यक्षमा रेखा राई चुनिएकी छिन् । गत ५ जुलाई २०१९का दिन कतारको औद्योगिक क्षेत्रस्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा समपन्न मञ्चको तेश्रो महाधिवेशनले राईको...

इजरायलमा गीतकार अवार्ड २०१९ हुदै

इजरायल । किरात याक्थुङ चुम्लुङ इजरायलले “KYC गीतकार अवार्ड २०१९ आयोजना” गरेकाे छ । यहि जुलाइ १२ तारिख तेलअभिवकाे यार्काेन पार्कमा आयोजक “KYC गीतकार अवार्ड २०१९ ले गीतकारहरुको सम्मानार्थ, हौसला र उत्प्रेरणाको लागि “KYC...

२५ औ विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ । २५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै...

प्रचण्डले माफी माग्नुपर्ने नेपाल तामाङ घेदुङ इजरायलको माग

इजरायल । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालसालै चितवन महानगरपालिकाको चौथो नगरसभाको उद्घघाटनको क्रममा दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङ इजरायल द्वारा गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी...

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...

नेफिन इजरायलको अध्यक्षमा काउचा

तेलअविव | नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न भएको छ । नेफिन इजरायलको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलको...

इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुदै, चर्चित नेपाली ५ कलाकार जाने

इजरायल | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ । झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत...