प्यारागनमा आँखाको नानी प्रत्यारोपण सम्बन्धि सचेतना सम्पन्न

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • बिर्तामोड । झापाको कनकाई नगरपालिकामा आँखाको नानी प्रत्यारोपणसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कनकाईको सुरुङ्गास्थित प्यारागन एकेडेमी स्कुलको आयोजनामा आँखाको नानी प्रत्यारोपण सम्बन्धि जनचेतनामुलक कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । आफ्नो मृत्यु पश्चात आँखा दानगरे दृष्टिविहीनहरुलाइै संसार देखाउन सकिन्छ भन्ने उदेश्यले जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।

    सोहि कार्यक्रममा आँखा दानप्रति धेरै मानि सकरात्मक देखिएका छन् । कार्यक्रममका अवसरमा सञ्चारकर्मी आयुष निरौला, अर्जुन उप्रेती लगायत २० जनाले आँखा दान इच्छा पत्रमा हस्ताक्षर गरेका छन् ।

    पछिल्लो समय आँखा दानप्रति मानिसमा सकारात्मक सोच बढ्दै गएको भए पनि मृत्युपछि आँखा दान गर्ने कार्यमा कोही पनि सक्रिय नभएको विद्यालयका शिक्षक अर्जुन उप्रेतीले बताए । उनले भने, आफुले गरेको आखा दानले कुनै व्यक्तिले नयाँ जीवन पाउनसक्छ भन्ने कुराको जानकार नहुँदा आँखा दान गर्नेको संख्या खासै देखिदैन ।

    प्रत्येक व्याक्तिको एउटा आँखाले २ जना दृष्टिविहीनले संसार देख्न सक्ने आँखा विशेषज्ञहरुको भनाई छ । समाजमा सर्वसाधारणलाई आँखा दान महादान हो भन्ने कुरा बुझाउन र मृत्युपछि आँखाको नानी दान गरे धेरै दृष्टिविहीनले नयाँ जीवन पाउन सक्छन् भनेर जनचेतना फैलाउन आवश्यक रहेको मेची आँखा अस्पतालका प्रमुख सुरजकुमार रौनियरको भनाई छ । साथै दान गरेको आँखा अस्पतालले कुनै पनि जात, भाषा, धर्मका आधारमा प्रदान नगरी कुनै पनि दृष्टीविहिनलाई निशुल्क रुपमा प्रदान गर्ने पनि रौनियारले जानकारी दिए ।

    आँखा अस्पतालका नेत्र अधिकृत पुष्प अधिकारीे आँखा दान कसरी गरिन्छ, कुन भाग दान गरिन्छ, कस्ता व्यक्तिले आँखा दान गर्न सकिन्छ आदि कुुरामा विद्यार्थीहरुलाई परामर्श दिएका थिए । उनका अनुसार मानिसले अहिले आँफु जीवित हुँदा दान गरेको आँखा उसको मृत्यु भएपछि नजिकको आँखा अस्पताल आएर लैजाने छ ।

    कार्यक्रममा आँखा दान दिएको परिवारको प्रतिनिधिका रुपमा बुद्धशान्ति गाँउपालिकाका लोकनाथ खतिवडाका छोरा सुरेस खतिवडाले बुवाले आँखा दान दिएको कारण आज खुशीले प्रफुल्लित भएको बताए । उनका अनुसार केहि महिना अघि स्र्वगरोहण हुनुभएका बुवा लोकनाथ खतिवडा आजीवन आवाजविहिन र कान पनि नसुन्ने व्याक्तिले जीवनको अन्तिम क्षेणमा इसाराका माध्यमबाट आँखा दान दिने आशय व्यक्त गर्नुभएको थियो ।

    सोहि अनुरुप मृत्यूपछि बुवाको आँखा दिएको बताउदै सोहि कार्यक्रमकै अवसरमै आँखा दान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । २० बर्षअघि आँखा दान इच्छापत्रमा हस्ताक्षर गर्नुभएका सुर्यदय टिभीका कार्यक्रम प्रस्तोताले पहिले र अहिलेको युवाहरुको सोचमा परिवर्तन आएको बताए । सो समयमा आफुले समाजमा आँखादान दिने बारेमा सचेतना जगाउँदा पनि अष्पतालको अभावले पनि विभिन्न समस्या आएको अनुभव सुनाए ।

    कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोख्रेलले उदारणिय काम गर्न सफल प्यारागनको प्रसशां गर्दै पालिकाले सिङ्गो गाउँपालिका स्तरमै यस्ता कार्यक्रम छिटै गरिने बताए । उनका अनुसार गाँउपालिकाका प्रतिनिधिहरु सबै सङ्ग छलफल गरि यस्ता कार्यक्रमलाई चाडँै अगाडि बढाइने छ ।

    प्रविधिको विकास र सेवा विस्तार सँगसँगै जनचेतना अभिवृद्धिको माध्यमबाट आँखादान सम्बन्धी जनाचेतना फैलाउन आवस्यक रहेको कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई रहेको थियो थियो । आँखा दान गर्न पाउदा निकै खुसि लागेको बताउदै शिक्षक र विद्याथीहरु आँखा दानका लागि तयार भएका थिए । झापाका विद्यालयमा नै सायद यस्ता क्रियाकलाव पहिलो साथै सफल भएकोमा विद्यालयका प्रिन्सिपल डिआर सुवेदीले खुशि ब्यक्त गरे ।

    प्यारागन एकेडेमिको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा ब्रिटिश काउन्सिल ईन्टरनेश्नल स्कुल अवाड प्रजेक्ट नम्बर दुई अन्र्तगत अर्गेन एण्ड टिस्यु डोनेशन अन्तर्गत जनचेतनामुलक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमकै अवसरमा विद्यार्थीले जनचेतनामुलक र्याली, नाटक तथा सास्कृति कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

    प्यारागन एकेडेमिकी संस्थापक अध्यक्ष चम्पा सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । आइएसए कोअडिनेटर डिल्ली सिटौलाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै शाव्दिक शब्दले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यालयका ईन्चार्ज गुरु प्रसाद पौड्यालले गरेका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected].com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology