पत्रकार भट्टराईको छैंटौ कृति अश्वत्थामा विमोचन


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६


  • बिर्तामोड ,७ असार । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले भट्टराईको नयाँ कृतिमा पहिलो समिक्षा गरेकी छन् ।


    उनले एउटा सर्वमान्य धार्मिकग्रन्थ महाभारतसँग लेखकले विमति राख्दै कृतिको सिर्जना गर्नु गौरवसँगै चुनौतिपूर्ण भएको बताइन् । लेखकले महाभारतका पात्रको भूमिकामाथि प्रश्न उठाउनु चानचुने कुरा नभएको बताउँदै उनले लेखक भट्टराईलाई भनिन्– तपाई वर्तमानबाट भाग्नु भएको त होइन ?
    अर्का समिक्षक पत्रकार चन्द्र भण्डारीले अश्वत्थामाले धार्मिक र आध्यात्मिक क्षेत्रमा चोट पु¥याउने टिप्पणी गरेका छन् । सिंङ्गो महाभारतमाथि फरक धार स्थापना गरेर लेखिएको पुस्तक विल्कुल नयाँ र रोचक रहेको बताएका छन् ।

    पत्रकार बसन्त बस्नेतले अस्वत्थामा नयाँ खोज भएको टिप्पणी गरेका छन् । उनले महाभारतभित्र रहेको प्रशंगमाथि चलाइएको कलमले नेपाली समाजमा लेखकले नयाँ मान्यताको स्थापित गर्ने बताए । उनका अनुसार अश्वत्थामा यो वर्षकै पढ्नुपर्ने पुस्तक हो ।

    लेखक भट्टराईले अश्वत्थामा लेखनले नयाँ चुनौति थपिएको बताउँछन् । धार्मिक क्षेत्रमा कलम चलाउने विषय सजिलो विषय नभएको उनको भनाई छ । धर्मभित्रका पात्रमाथि मलाई चित्त बुझेन, भट्टराईले भने–आधा सत्य लुकाएर कृष्णलाई मैले सत्य मान्न सकिन ।

    उनले कृष्ण धरावसीको राधा पढेर अस्वत्थामाको रचना गरेको सुनाए । आफ्नो नयाँ कृतिले धेरै मान्यताहरु भत्काउने लेखकको दावी छ ।
    अश्वत्थामालाई सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology