बुलेरोले ठक्कर दिदाँ एक जना घाईते

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • दमक,७ असार । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुगी – गौरादह सडक खण्ड अन्तर्गत मंगलबारेमा आज दिउँसो बुलेरो र मोटरसाइकल जुध्दाँ एक जना घाईते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक गौरादह ४ का ३८ बर्षिय धर्मराज पौडेल रहेको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

    दिउँसो २ वजेतिर पाडाजुगी देखी गौरादहतर्फ जादै गरेको बुलेरोले विपरीत दिसाबाट आउदै गरेको को.६ प. ८८३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक पौडेल सख्त घाईते भएको प्रहरी नायव निरीक्षक दधिराम दाहालले जानकारी दिए । घाईते पौडेलको टाउको र खुट्टामा चोट लागेको छ ।
    घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाईएको छ । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology