दुर्घट्ना न्यूनिकरण गर्न ट्राफिक सचेतना र उपकरण

  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६



  • दमक,७ असार । लायन्स क्लब लखनपुरले दुर्घट्ना न्यूनिकरणका लागि ट्राफिक सचेतना र उपकरण हस्तान्तरण गरेको छ । कमल गाउँपालिकासंगको सहकार्यमा क्लबले शुक्रबार पाडाजुँगीमा विशेष कार्यक्रम गरी विद्यार्थी तथा सवारी चालकहरुलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको हो ।

    ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज दधिराम दाहालले सहभागी विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउँदै सडक दुर्घट्ना न्यूनिकरणमा विद्यार्थीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

    लायन्स क्लब लखनपुरका अध्यक्ष प्रमोद दाहालको अध्यक्षता र कमल ५ का वडाध्यक्ष डम्बर निरौलाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय दमकलाई दुर्घटना न्यूनिकरणमा सहयोग पुरयाउन २ वटा ब्यारिकेट र ४ वटा लाइट प्रदान गरिएको लायन्स क्लब लखनपुर २०१९÷०२० का अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ज्ञाननाथ (ज्ञानु ) पौडेलले जानकारी दिए ।

    सो कार्यक्रममा वडाध्यक्ष निरौला, लायन्स क्लबका एरिया कोअर्डिनेटर लायन लिडर अजय अग्रवाल, जोन चेयर पर्सन रामचन्द्र बराल, ट्राफिक इञ्चार्ज दाहाल, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष उषा भण्डारी लगायतले सडक दुर्घट्ना विकराल समस्या बन्दै गएकाले यसलाई रोक्न ट्राफिक नियमको पूर्ण पालनामा जोड दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology