हस्ताक्षर संकलन सरकारलाई बुझाइयो

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • दमक,६ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक फिर्ताको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले आज जिल्ला र ईलाका प्रशासन कार्यालय मार्फत सरकारलाई हस्ताक्षर बुझाएको छ ।


    यसैक्रममा झापाको माईपश्चिम क्षेत्रमा कार्यरत पत्रकारहरुले संकलन गरेको हस्ताक्षर आज ईलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई बुझाईएको हो ।
    पत्रकारहरुको एक टोलीले दमक क्षेत्रमा संकलित करिब १ हजार जनाको हस्ताक्षर साथै ज्ञापनपत्र बुझाइएको नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।
    महासंघको तेस्रो चरणको कार्यक्रम अन्तर्गत गत मंगलबार देखि बिहिबारसम्म हस्ताक्षर संकलन गरिएको थियो । हस्ताक्षरसहितको ज्ञापन पत्र बुझ्दै  प्रशासन कार्यालय दमकका प्रमुख आचार्यले पत्रकारहरुको माग सम्बन्धित निकायमा आजै पुरयाँउने प्रतिबद्धता जनाएका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology