चन्द्रदर्शन शाकोसको स्थापना दिवसमा रक्तदान

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६



  • दमक,६ असार । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुँगीमा आज आयोजना गरिएको रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको छ ।  स्थानीय चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफनो आठौं बार्षिकोत्सव तथा ९ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदानमा १० महिलासहित ६२ जनाले रक्तदान गरेका व्यवस्थापक राजु थापाले जानकारी दिए ।

    रक्तदानमा संस्थाका अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, सदस्यहरु चन्द बहादुर महरा , रामकुमार राई, लेखा समिति संयोजक एकराज प्याकुरेल, सदस्यहरु प्रेम प्रसाद दुलाल, शिक्षा उपसमिति सदस्य रेवत गुरुङ ,व्यवस्थापक राजु थापा, लेखा प्रमुख तिलक सापकोटा, बजार व्यवस्थापक विनोद खवास, केर्खा सेवा केन्द्रकी प्रमुख सुनिता आचार्य, बजार प्रतिनिधिहरु संगम थापा, शंकर श्रेष्ठ र दिपा लामिछाने , पतञ्जली योग समिति कमल ५ का संयोजक घनश्याम प्याकुरेल लगायत इच्छुक स्वयंसेवीले रक्तदान गरेका थिए । रक्तदान रेडक्रस दमक रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।


    नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाका सभापति चन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शेरवहादुर श्रेष्ठ लगायतको सञ्चालकहरु,शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
    संस्थाले बर्सेनी स्थापना दिवसका दिन खुल्ला रक्तदानसहितका विभिन्न सामाजिक कामहरु गर्देआएको व्यवस्थापक थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology