दिदीकै योजनामा बहिनीमाथि बलात्कार

जघन्य अपराध एवं घटनाका बारेमा मिहीन ढंगले अनुसन्धान गर्ने काम भइरहेको छ ।प्रनि राईका अनुसार अनुसन्धानका क्रममा तीनै जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका छन् ।

हाम्रो दमक

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन गरिने वाइन खुवाएर ती युवतीमाथि बलात्कार गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । यो घटनाको मुख्य योजनाकार ती युवतीको नाता भित्रकै दिदी रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।

उनका अनुसार २२ वर्षीय अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई झुक्याउँदै ल्याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्न लगाएको अनुसन्धानका क्रममा खुलेको हो । उनले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका–१२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरसँग मिलेर गोरखाको पृथ्वीनगर–७ का ३२ वर्षीय विश्वास कट्टेललाई नाता भित्रकी बहिनी बलात्कारको वातावरण मिलाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विश्वास सञ्जिवसँग नियमित सम्पर्कमा विराटचोकमा रहेर जग्गाको कारोबार गर्दै आएका व्यक्ति हुन् । दुवै जना विवाहित र अञ्जना अविवाहित हुन् । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर असार १ गते जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरीले विश्वासलाई घटनामा संलग्न मुख्य अभियुक्त, अञ्जना र उनका प्रेमी सञ्जिवलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान गरिरहेको छ ।
‘दुवै जनाले सल्लाह गरेर सञ्जिवकी प्रेमिका अञ्जनामार्फत गत जेठ ३१ गते एक जना युवती झिकाएको देखिन्छ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा अञ्जनाले पारिवारिक नाता भित्रकी बहिनी पर्ने एक युवतीलाई साथमा लिएर विराटचोक आएको खुलेको छ ।’ त्यसपछि चारै जना मिलेर हलमा फिल्म पनि हेरेको खुलेको छ । फिल्म हेरिसकेपछि केराबारी गाउँपालिका पु¥याएर त्यहाँको गुराँस होटलमा जेठ ३२ गते बिहानसम्म बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रनि राईका अनुसार अञ्जनाले डुलघुम गरेर आउनु पर्छ भन्दै फकाएर बहिनीलाई साथमै लिएर आएको अनुसन्धानबाट खुलेको छ । सबै परिपञ्च मिलाउने घटनाको मुख्य योजनाकारका रुपमा दिदी देखिएको उनले बताए । ‘होटलमा पुगेपछि तीन जनाले विभिन्न खाले मदिरा सेवन गरेछन्,’ प्रनि राईले भने, ‘पीडितलाई भने जुस भएकाले केही पनि असर नगर्ने भन्दै गुलियो स्वाद आउने वाईन खुवाएको पाइयो ।’ उनका अनुसार त्यसकै नशाले मातेर बेहोस भएपछि विश्वासले भने युवतीलाई होटलको कोठामा लग्दै रातभर राखेर बलात्कार गरेको पत्ता लागेको छ । पीडितले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछि आफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बताएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीमा आएर घटना उल्लेख गर्दै पीडितले बलात्कारमा संलग्ल र आफूमाथि बलात्कारको योजना बनाउने दिदीसहित तीन जना विरुद्ध जाहेरी दिएको प्रनि राईको भनाइ छ । ‘पारिवारिक नाता भित्रकी दिदीले नै सबै वातावरण मिलाइदिएर बहिनीमाथि बलात्कार गर्न लगाएको नौलो र सबैलाई अचम्मित पार्ने घटना गराइएको छ,’ उनले भने, ‘बहिनीलाई पीडित बनाइएको यति ठूलो जघन्य अपराध एवं घटनाका बारेमा मिहीन ढंगले अनुसन्धान गर्ने काम भइरहेको छ ।’ राईका अनुसार अनुसन्धानका क्रममा तीनै जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका छन् ।

बिहि, असार ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...

थेगिमसहित सहित चार जना पक्राउ

दमक,२७ असार । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।दमक १ स्थित किरात माइक्रो फाइनान्सको कार्यालयबाट आज शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको...

अझै तीन दिन धेरै ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

झापा,२७ असार । चार दिनदेखि लगातार देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा अझै धेरै ठूलो वर्षा हुने भएका ले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार...