विश्वभर १८ हजार नेपाली शरणार्थी

२०५२ सालको हिंसात्मक विद्रोह शुरु भएपछि नेपाली शरणार्थीको संख्या विश्वका विभिन्न मुलुकमा बढेको यूएनएचसीआर स्रोतले बताएको छ । पढाइ वा अन्य उद्देश्यले विकसित मुलुकमा गएका कतिपय नेपालीले सम्बन्धित मुलुकको कानुन बुझेर शरणार्थीको परिचय माग गर्ने गरेको बताइएको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


  • दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो ।

    ती शरण माग्ने नेपालीमध्ये ८ हजार ५८९ जनालाई शरणार्थीको परिचय प्राप्त छ भने शरणका लागि निवेदन हालेका शरणापेक्षीको संख्या ९ हजार ८४ छ । त्यस्तै, शरणार्थीको जस्तै हालतमा रहेका ५ र यूएनएचसीआरले सरोकार राखेका नेपाली ३२८ छन् ।

     

    दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर का शरणार्थी

    ५ असारमा विश्व शरणार्थी दिवसको सन्दर्भमा यूएनएचसीआरले जारी गरेको विज्ञप्तिमा ती नेपाली कुन कुन मुलुकमा शरणागत छन् भन्नेचाहिँ खुलाइएको छैन ।

    यसरी विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको बारेमा गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइ ,नुक्राले केही बताएको छैन । गृहका एकजना अधिकारीले नेपाली शरणार्थीको बारेमा मन्त्रालयमा छलफल नै नभएको बताएका छन् ।

    प्रत्येक वर्ष अमेरिका, यूरोप अष्ट्रेलिया र एशियाका जापान लगायत विकसित मुलुकमा शरण माग्न पुग्ने नेपालीको संख्या बढिरहेको अधिकारीहरू बताउँछन् ।

    २०५२ सालको हिंसात्मक विद्रोह शुरु भएपछि नेपाली शरणार्थीको संख्या विश्वका विभिन्न मुलुकमा बढेको यूएनएचसीआर स्रोतले बताएको छ । पढाइ वा अन्य उद्देश्यले विकसित मुलुकमा गएका कतिपय नेपालीले सम्बन्धित मुलुकको कानुन बुझेर शरणार्थीको परिचय माग गर्ने गरेको बताइएको छ ।

    त्यस्तै, विभिन्न मुलुकबाट नेपालमा आई शरण लिएर बसेका विदेशी नागरिकको संख्या २१ हजार ४०६ रहेको छ । नेपालमा तिब्बत, भूटान, अफगानिस्तान, म्यान्मार, पाकिस्तान, इरान, सोमालिया लगायत १५ मुलुकका व्यक्तिहरू शरण लिएर बसेका छन् ।

    तिनीहरूमध्ये ६ हजार ६५६ जना भूटानी र करीब १३ हजार तिब्बतीलाई सरकारले शरणार्थीको रूपमा स्वीकृत गरेको छ । नेपालमा रहेका भूटानी शरणार्थीमध्ये १ लाख १३ हजार ५०० अमेरिका, क्यानाडा, डेनमार्क, नेदरल्याण्ड, नर्बे, न्यूजिल्याण्ड, बेलायत र अष्ट्रेलियामा पुनर्वास भएका छन् ।

    नेपाल सरकारले भूटानी र तिब्बती बाहेकका शरणापेक्षीलाई शरणार्थीको रूपमा मान्यता दिएको छैन । गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइ (नुक्रा)ले तिनीहरूलाई अवैध आप्रवासी मान्ने गरेको छ । यूएनएचसीआरले हाल विश्वमा २ करोड ५९ लाख शरणार्थी रहेको जनाएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology