कोपा अमेरिकाको दावेदार मानिएको अर्जेन्टिना समूह चरणको अन्तिममा

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६



  • एजेन्सी | कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको थियो ।

    खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले डिफेन्समा गल्ति गर्दा पाराग्वेले काउन्टर अट्याकमा गोल गर्ने अवसर सिर्जना गरेको थियो ।

    पहिलो हाफको खेल अवधिभर कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नै अर्जेन्टिनाको पोस्टमा गरेको एकमात्र आक्रमण थियो ।

    दोस्रो हाफको ५७ मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्यायो । कप्तान मेस्सीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा लिइएको पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि मेस्सीकै हाफ भली प्रहार क्रसबारमा लगेर फर्केको थियो । उक्त भली पाराग्वेको डिफेन्डरको हातमा लागेको भिडियो रिप्लेमा देखिएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

    खेल बराबरीमा आएको ३ मिनेटमा नै पराग्वेले पेनाल्टी चुकाउँदा अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र डेर्लिस गोन्जालेजलाई खराब ट्याकल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर गोन्जालेजको प्रहार गोलरक्षक फ्रान्को अर्मानीले बचाएपछि खेल १-१ को बराबरीमा कायम रहयो ।

    यस बराबरीसँगै अर्जेन्टिना अंक तालिकाको पुछारमा नै रहेको छ । अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई पराजित गरेमात्र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ, यदपी समूहको अन्तिम अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई हराउनु पर्ने हुन्छ । बराबरी वा पराजित भएको खण्डमा अर्जेन्टिना समूह चरणबाट नै बाहिरिनेछ । कोलोम्बिया २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ भने पाराग्वे २ खेलमा २ अंकसहित दोस्रो र कतार २ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology