दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


  • दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले वताए ।

    चोरी भएका मोटरसाईकलहरु मध्ये एउटा भने दमकको लाइफलाइन अस्पताल आसपासमा वेवारिसे अवस्थामा फेला परेको उनले जनाए । दमक चौंक ,वजार सवै क्षेत्रमा सिसी क्यामेरा समेत नभएकाले अपराध अनुसन्धानमा समस्या भएको एक्ेतनले बताएका छन् ।
    चोरीमा एउटा गिरोह सक्रिय भएको र उनीहरुको खोजतलास तीव्र वनाईएको प्रहरी निरीक्षक एक्तेनले जनाएका छन् । दमकसहित आसपासका प्रहरी कार्यालयको समेत समन्वयमा खोजसतलास गर्न प्रहरी परिचालित भईरहेको उनले जनाए ।

    उनका अनुसार चोरीको घटना हेर्दा मोटरसाईकल छाडेर अन्यत्र जादाँ हेण्डल लक नगरिदाँ चोरी भएको पाईएको छ । चोरी हुन नदिन सकेसम्म मोटरसाईकलको हेण्डल लक गर्नु पर्ने उनको भनाई छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology