प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेटको सेमिफाइनलमा झापा

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • सुनसरी । सुनसरीको इनरुवामा जारी प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

    बुधवार सम्पन्न खेलबाट झापा र सुनसरी सेमिफाइनलमा प्रवेश गरेसंगै प्रतियोगिताको शिर्ष-४ मा पर्ने टोलीको टुंगो लागेको हो।

    ६ टोली सम्मिलित प्रतियोगितामा झापा र सुनसरीसंगै मोरंग र उदयपुर समेत सेमिफाइनल प्रवेश गरेका छन्।

    बुधवार सम्पन्न समूह चरणको अन्तिम खेलमा समुह ” बि ” को झापाले सुनसरीलाई डीएल मेथडमा २ रनले पराजित गर्यो।

    बर्षाका कारण १५ ओभरमा झारिएको खेलमा झापाले टस जित्दै ब्याटिंग रोजेको थियो। सुजन थपलियाले २९, मनोज तामांगले १५ र कप्तान अंकित सुबेदीले १२ रन बनाउंदा झापाले १३.४ ओभरमा सबै विकेट गुमाएर ८८ रन मात्र जोड्न सक्यो।

    सुनसरीको बलिंगमा जोसेफ खड्काले ४ तथा भुपाल लुइँटेलले ३ विकेट हात पारे।

    जवाफमा ८९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको सुनसरीले ६ ओभरमा ३ विकेट गुमाएर ३२ रन जोड्दा बर्षा बाधक बनेपछि झापाले डीएल मेथडका आधारमा २ रनको जित दर्ता गर्यो। पराजित भएपनि सुनसरी समुह उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको छ।

    झापाको बलिंगमा मनोज तामांगले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच समेत मनोज तामांग घोषित भए।

    प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहिबार पहिलो सेमिफाइनलमा झापा र उदयपुर तथा दोस्रो सेमिफाइनलमा मोरंग र सुनसरी भिड्ने छन्।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology