चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

हाम्रो दमक

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका लागि थप तीन तलाको भवन निर्माण शुरु गरिएको अध्यक्ष बालकृष्ण गौतमले जानकारी दिए ।


निर्माणाधिन भवन आगामी साधारणसभाका अवसरमा उद्घाटन गरिने गरि धमाधम काम भईरहेको अध्यक्ष गौतमले जनाएका छन् ।
२०६८ सालमा स्थापित उक्त संस्थाको निर्माणधिन थप भवनको लागत ४० लाख बढी रहेको छ । नयाँ भवनको पहिलो तलामा व्यवसायिक कक्ष रहने छ भने दोश्रोमा कार्यालय कक्ष र तेश्रो तलामा तालिम कक्ष सञ्चालन हुने व्यवस्थापक राजु थापाले बताए ।

९५० जना शेयर सदस्य रहेको संस्थाले मुख्य कार्यालयसंगै गौरादह र कमलकै केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । केर्खामा एक वर्ष अघि तथा गौरादहमा तीन वर्षदेखि सेवा केन्द्र सञ्चालित रहेको व्यवस्थापक थापा वताँउछन् । संस्थाले एक तले भवन वनाएपनि पछिल्ला वर्ष सेवा प्रणाली विस्तार हुदै गएपछि हालको भवन अभाव भएकाले साधारणसभाको निर्णय अनुसार थप भवनको काम भईरहेको उनले जनाए ।
कमल ५ को विभिन्न ११ वटा सहकारीका कुल कारोवार मध्ये चन्द्रदर्शनको मात्र ३६ प्रतिशत रहेको जनाईएको छ ।

बुध, असार ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...