आदिवासी जनजातिलाई खाद्य प्रशोधन तालिम

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • दमक,३ असार । नेपाल आदिबासी जनजाति महासंघ दमक नगर समन्वय समितिले आयोजना गरेको ५ दिने खाद्य प्रशोधन सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।दमक नगरका १० वटै वडाका आदिबासी जनजाति समुदायलाई लक्षित गरि आयोजना गरिएकोे तालिममा अचार , डुनोट र जाम कसरी तयारी र प्रशोधन गर्ने सम्बन्धी सिकाइएको थियो ।


    कार्यबहाक नगर प्रमुख बोधराज न्यौपानेको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा बिभिन्न जातिय प्रतिनिधित्वहरुको सहभागिता रहेको थियो ।
    समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक नगरप्रमुख न्यौपानेले तालिममा सिकेको सिपलाई ब्यबाहारमा लागु गर्नु पर्ने भन्दै उद्यमी बन्न चाहने ब्यतिm वा समूहलाई नगरको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने बताए ।
    गत जेष्ठ ३० गते देखि सञ्चालन भएको तालिममा ५३ जनाको सहभागिता रहेको बताइएको छ । तालिमको सहजीकरण मोदनाथ कोइरलाले गरेका थिए । आदिबासी जनजाति समदायहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघ दमक नगर समन्वय समितिका अध्यक्ष गुमानसिह तामाङले बताए ।
    कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ र नेपाल आदिबासी जनजाति महिला महासंघ दमक नगर समन्वय समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology